वीकेण्ड मनाउँदा ध्यान दिनुपर्ने कुराहरू

सांकेतिक तस्वीर

काठमाडौँ । उपभोक्तावादी संस्कृतिको विस्तारसँगै वीकेण्ड (सप्ताहन्त) मनाउने चलन व्यापक हुँदै गइरहेको छ । शहरमा सप्ताहन्त मनाउने प्रचलन बढेसँगै व्यापारीहरूले आफ्नो उत्पादन बजारमा पठाउने औपचारिक कार्यक्रमहरू समेत वीकेण्ड लक्षित गर्न थालेका छन् ।

 

सिनेमाघरहरूमा फिल्म रिलिज शुक्रबारको दिन गर्ने प्रचलन संस्कृतिजस्तै भइसकेको छ । बजारमा अधिकांश नयाँ उत्पादनहरू समेत शुक्रबार नै लन्च गरिन्छ । त्यसैले मानिसहरूको लागि वीकेण्ड अहिले प्रत्येक साता आउने चाडपर्व जस्तो हुन थालेको छ ।

 

विशेषगरी कामकाजी मानिसहरू वीकेण्डलाई लिएर उत्साहित हुने गर्छन् । साताभरी कार्यालयमा काम गर्दा हुने हैरानीबाट मुक्त हुने दिनको रुपमा उनीहरू वीकेण्ड मनाउने गर्छन् ।

 

वीकेण्डको भोलिपल्ट कार्यालय बिदा हुने कारणले गर्दा मानिसहरू वीकेण्डमा खुबै रमाइलो गर्न चाहन्छन् । तर यसरी वीकेण्ड मनाउँदै गर्दा मानिसहरूले केही कुरामा भने अवश्य ध्यान दिनुपर्दछ ।

 

– वीकेण्डमा प्रायःजसो मानिसहरू अत्याधिक मदिरा सेवन गर्ने गर्छन् । मदिरा सेवन आफैमा स्वास्थ्यको लागि हानीकारक चिज हो । यद्यपि अत्याधिक मदिरा सेवनले मानिसहरू अचेत अवस्थामा पुग्नु राम्रो कुरा होइन ।

 

– रमाइलो र मस्तिका लागि मानिसहरू वीकेण्डमा दिल खोलेर खर्च गर्ने गर्छन् । कतिपय मानिसहरूले खर्च गर्ने क्रममा आफ्नो पकेटको अवस्थालाई समेत ध्यान दिँदैनन् र सरसापटी गरेरै भए पनि वीकेण्ड मनाउँछन् । आर्थिक अनुशासनको दृष्टिले यो अत्यन्तै नराम्रो कुरा हो ।

 

– वीकेण्डमा प्रायः मानिसहरू आफ्ना साथीभाईहरूसँग मात्रै रमाइलो गर्ने गर्छन् । सप्ताहन्तमा उनीहरू कतिबेला घर पुग्ने भन्ने टुंगो हुँदैन । यस्तो हुँदा पारिवारिक मनमुटाव बढ्न सक्नेतर्फ मानिसहरूले ध्यान दिएको पाइदैँन ।

 

– वीकेण्डमा अधिकांश मानिसहरू मदिरा सेवन गरेर सवारी हाँक्ने गर्छन् । यसलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले वीकेण्डमा चेकिङ कडा पारेको त हुन्छ । तर मानिसहरूले त्यसलाई समेत ध्यान नदिँदा सवारी दुर्घटनाको दर बढ्ने गर्दछ । एक अनुसन्धानले विश्वभरी नै प्रायः सप्ताहन्तकै दिन शहरमा बढी सवारी दुर्घटनाहरू हुने गरेको देखाएको छ ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।