Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविवादमा ‘एक भगवत् गीता’

विवादमा ‘एक भगवत् गीता’


काठमाडौँ । विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ ।

निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो ।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताए । उनले भने, “बोर्ड र मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौँ । जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौँ । निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो ।”

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म–संस्कृतिमाथि आँच पुर्याएको दाबी गरिएको छ । “श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ । त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं । नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन”, निवेदनमा उल्लेख छ ।

निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताए । “हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायाङ्कन ग¥यौँ । अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायीक क्षति हुन्छ”, निर्माता थापाले भने, “हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्याङ्कन गर्न जाँचपास समिति छ । उहाँहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु । यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

गायिका एलिना चौहानले गरिन् बिहे

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग

‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुने

काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो

‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ।

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

Techie IT