जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

सांकेतिक तस्वीर

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन । यो सबैले महशुस गर्ने कुरा हो । जाडोको समय हात चिसो हुन नदिन के के गर्न सकिएला ? केही उपायहरु यस्ता छन्ः

 

– हात हलुका नतातेसम्म (वा नथाकेसम्म) एउटा हातलाई अर्को हातसँग रगड्नुहोस् । यसो गर्दा हत्केलामा रगत सञ्चालन छिटो हुन्छ र बिस्तारै तात्दै जान्छ । हरेक चोटी हात चिसो हुँदा यसो गर्न सकिन्छ ।

 

– उपलब्ध भए हातमा थोरै पेट्रोलियम जेल्ली (भेसलिन) लगाएर हात रगड्दा पनि छिटै नै हात तात्न सुरु गर्दछ । भेसलिन सहित रगड्दा धेरै मात्रामा ताप पैदा हुन्छ र तपाईंको हातमा धेरै समयसम्म न्यानो बसिरहन्छ ।

 

– घरबाट बाहिर हुँदा अथवा कतै बस स्ट्याण्डमा बस कुर्दा हात तताउने सबैभन्दा उचित उपाय भनेको आफ्नो हातमा हावा पास हुन नदिनु नै हो । त्यसको लागि आफ्नो पिठ्यूँमा भएको बोसोको सहायता लिन सकिन्छ । आफ्नो हातलाई पिठ्यूँले थिचेर एकछिन राख्दा पनि हात चाँडै तात्ने गर्दछ । हत्केलालाई माथि फर्काएर राख्नुहोस् र त्यसमाथि बस्नाले हात केही बेरमा तात्न थाल्दछ।

 

– हात रगड्दै गर्दा पुरै हातमा पुग्ने गरि मुखबाट तातो हावा दिएमा पनि हात चाँडै तात्ने गर्दछ । यस्तो चिसोको बेला आफ्नो हातलाई बाहिर धेरै ननिकाल्नुहोस्, कुनै काम पर्दा बाहेक अरूबेला आफ्नो हातलाई गोजीमै राखिराख्नुहोस् । यसो गरेमा हातमा चिसो हावाले छुन पाउँदैन र हात न्यानो बसिरहन्छ ।

 

– शरीरभरिमा तातो र न्यानो बसिरहने अङ्गमध्ये काखी पनि एक पर्दछ, त्यसैले तपाईंको हात चिसो भईरहेमा काखीमुनि हात राख्दा पनि न्यानो महशुस हुने गर्दछ ।

 

– छिटो छिटो हातलाई हल्लाइ हातलाई कसरत गराउनुहोस् । हातमा रगतको सञ्चार गराइराख्नको लागि औँलाहरू पड्काउनुहोस्, हात तन्काउनुहोस्, हत्केलाले ताली बजाउनुहोस् । पुरै शरीरको हलुका व्यायाम गर्दा पनि हातको साथसाथै पुरै शरीर तातो बसिरहन्छ ।

 

–कुनै बाह्य वस्तुको प्रयोग गर्नुहोस् तपाईँ घरमा अथवा कार्यालयमा हुनुहुन्छ भने बाह्य कृत्रिम उपाय अपनाएर पनि आफ्नो हातलाई न्यानो बनाइराख्न सक्नुहुन्छ । कुनै तातो वस्तुको ठीक अगाडि आफ्नो हात राख्नुहोस् । रेडिएटर अथवा हिटरको व्यवस्था छ भने त्यसैबाट पनि हात तताउन सक्नुहुन्छ। हिटरताप्दा सावधानी भने अपनाउनुपर्छ ।

 

– हाते पञ्जा छ भने पनि पुरै हात ढाक्ने गरी पञ्जा लगाउन नभुल्नुहोस् । छाती र टाउको वरिपरी पुग्ने गरी न्यानो लुगा लगाउनुहोस्, किनभने मुटु र दिमाग भनेको शरीरको सबैभन्दा संवेदनशील अङ्ग हो । दिमाग र मुटु चिसो भएमा पुरै शरीरले राम्ररी काम गर्न सक्दैन । धेरै चिसो भएमा रुघा लाग्ने, खोकी लाग्ने र ज्वरो आउने जस्ता समस्याहरू आउन सक्छन्। चिया पिउँदै हुनुहुन्छ भने, कपलाई हत्केलाले चारैतिर समात्नुहोस् र चिया पिउनुहोस्, त्यसो गर्दा चियाले शरीर त तताईहाल्छ, त्यसको साथसाथै हात पनि न्यानो बसिरहन्छ।

 

 – यस्तो चिसो मौसम सकेसम्म चिसो पानी नपिउनुहोस् । अन्त्यमा, तपाईंको हातलाई सकेसम्म व्यस्त राख्नुहोस् । केहि लेख्नुहोस्, कलम चलाउनुहोस्, कम्प्यूटरमा केही टाइप गर्नुहोस् । आफ्नो हातलाई केही काम गराएर व्यस्त राख्दा हातको रगत सञ्चालन हुन मद्दत पुग्दछ र छिट्टै चिसो हुन पाउँदैन ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।