साउदी अरबमा महिला अधिकारको दायरा फराकिलो हुँदै, अब चालक पनि बन्न पाउने

रियाद । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।

 

दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ । 

 

सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले कार चलाउन पाउने बताए ।

 

ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरुले पनि पुरुष चालकजस्तै सजायँ तथा जरिवानाको भागिदार हुने मन्त्री सइदले जानकारी दिएका अल अरबीया टेलीभिजनले सोमबार प्रशारण गरेको समाचारमा जनाइएको छ । 

 

“जुन महिलाले सवारी साधन चलाउछन्, उनीहरु हाम्रा छोरी वा दिदी बहिनी आदी हुन्, उनीहरु विरुद्ध हुने हिंसा रोक्नु हाम्रो कर्तव्य हो,” उनले भने । 

 

सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको उनले जानकारी दिए । 

 

साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले गत सन् २०१७ को नोभेम्बरमा नै महिलालाई सवारी साधन चलाउन बन्देज लगाउने व्यवस्था हटाउन निर्देशन दिएका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 12 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

  • 17 minutes ago
धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङवेशी । धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको स्करपियो पृथ्वीराजमार्गस्थित धादिङको सलाङघाटमा दुर्घटना भएको हो ।

राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

  • 25 minutes ago
राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएक



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।