Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा ४ अर्बको कारोबार

शेयर बजारमा ४ अर्बको कारोबार


काठमाडौँ। आइतवार उच्च अङ्कले बढेर सर्किट लागेको शेयर बजार आज सोमवार भने घटेको छ। दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ।

आज निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ। आज विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज १ करोड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ करोड रुपैयाँमा कारोबार भयो। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २५ करोड रुपैयाँको शेयर किनबेच भयो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT