विश्वभर कहिलेसम्म रहला कोरोना कहर ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । विश्वका २०० भन्दा बढी देशहरु कोरोना सक्रमणका कारण चरम संकटमा रहेका छन् । कोरोना संक्रमण नियन्त्रित हुने वातावरण अझै भइसकेको छैन । विश्वभरका १०० भन्दा बढी वैज्ञानिकहरु कोरोना भ्याक्सिन बनाउन रातदिन लागि परेका छन् । आशा गरिएको छ कि यसै वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन उपलब्ध हुनेछ । 

 

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले विभिन्न दाबी गर्दै आइरहेका छन् । कोरोना भाइरस संक्रमणमा रिसर्च गर्दै आइरहेका वैज्ञानिकले एउटा ठुलो दाबी नै गरेका छन् । जर्र्मनीको प्रमुख भाइरोलोजिस्ट र इन्सिच्युट अफ भाइलोजी एन्ड एचआइभी रिसर्चका निर्देशक हेन्ड्रिकले दाबी गर्दै भनेका छन् कि आउने  तीन वर्ष सम्म पनि कोरोनाबाट छुट्कारा पाइनेछैन । उनका अनुसार कोरोना संक्रमण फैलिदै जाने र सहज रुपमा नियन्त्रण लिन सकिने छैन । उनका अनुसार कोरोनासँग जुध्न बैकल्पिक माध्यम पनि अपनाउनुपर्ने देखिएको छ । सन् २०२३ सम्म कोरोनाविरुद्धको लडाई यसरी नै चलिरहनेछ । 

 

उनका अनुसार कोरोना भ्याक्सिनको पनि कुनै ग्यारेन्टी रहेको छैन । यस अवस्थमा मानिसले आफ्नो जीवनशैलीम परिवर्तन ल्याउनु आवश्यक रहेको छ । उनले खुलासा गरेका थिए कि जहाँ मानिसहरुको बाक्लो उपस्थिति हुन्छ त्यहाँ कोरोना संक्रमण फैलिने उच्च खतरा हुन्छ । 

 

कोरोना नियन्त्रणका लागि उनी र उनको टिम लगातार लागि परेको छ भने अनुसन्धानलाई पनि अगाडि बढाइरहेको छ । जर्मनीले उनको सुझावकै आधारमा कोरोना नियन्त्रणका लागि कैयौँ कदम उठाएको थियो । उनकै सुझावका आधारमा जर्मन सरकारले घरमा पार्टी गर्न रोक लगाएको थियो । 

हालसम्म विश्वभर कोरोनाका कारण लाखौँ मानिसको ज्यान गइसकेको छ भने करोडौँमा संक्रमण भइसकेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'न्याय पाउने समय आयो'

  • 26 minutes ago
'न्याय पाउने समय आयो'

एजेन्सी । बलिउड दुनियाँमा अहिले ठूलो उथलपुथल आएको छ । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जब ड्रग्सले प्रवेश पायो तब यसले बलिउडमा ठूलो हलचल मच्चाएको छ ।

आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

  • 1 hour ago
आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै यो न्युन चापिय क्षेत्र पश्चिम/उत्तरपश्चिमतिर सरेको पनि महाशाखाले जनाएको छ

क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

  • 1 hour ago
क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।