विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा
- आइतबार, २६ पुष, २०७७
- 1 week ago
- युके

लन्डन । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।
बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ ।
क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ ।
बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिने छ ।
विदेशमन्त्री डोमिनिक राबले जारी गरेको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्दै छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
- 2 minutes ago

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छः बाबुराम भट्टराई
- 9 minutes ago

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा जनता समाजावादी पार्टीका नेता बाबुराम भट्टराईले नेपालमा भित्रिन लागेको कोरोना भाइरसविरुद्धको खोपलाई लिएर टिप्पणी गरेका छन् ।
दुवै पक्षबाट जवाफ आएको साता नाघिसक्याे तर आयोगले निर्णय दिएको छैन
- 21 minutes ago

काठमाडौँ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।