पृथ्वी दिवसका अवसरमा हाइकिङ

Global IME
Norvic Hospital

गण्डकी । पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ । 

 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज सञ्चालन गर्दै आएका व्यवसायी, सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

 

कार्यक्रम संयोजक गोपालकृष्ण सङ्ग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व पृथ्वी दिवसका अवसरमा एक दिवसीय हाइकिङ आयोजना गरिएको हो ।

 

हाइकिङका अवसरमा उल्लेरीस्थित मुखिया चौतारी र भुम्दी टुनार घरबासमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले पोखरा नजिकै रहेर पनि सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनलाई सङ्घले प्राथमिकतामा राखेको बताए ।

 

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका सचिव मिलन तिवारी, भुम्दी टुनार घरवासका अध्यक्ष नानीमाया गुरुङ, उल्लेरीगाउँ सुधार समितिका अध्यक्ष गणेशबहादुर गुरुङ, थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङलगायतले पदयात्रा पर्यटनका माध्यमबाट गाउँमा सञ्चालित घरबासमा पर्यटकको आगमन बढाउन सहयोग गर्न आग्रह गरे ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 8 minutes ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

  • 15 minutes ago
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

  • 19 minutes ago
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।