न्युजिल्यान्ड मस्जिद आक्रमण, विश्वभरबाट कसले के भने ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

न्युजिल्यान्ड । इुजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ । 

 

यो समाचार तयार पार्दा सम्म ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् । 

 

न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहेकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताएकी छिन् । 

 

उनले प्रकाशित गरेको शोक वक्तव्यमा भनिएको छ, “यो दुःख घडीमा म सम्पूर्ण मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँका आफन्त, साथी र सम्पूर्ण देशबासीमा समवेदना व्यक्त गर्दछु ।” 

 

उनले आफु र आफ्नो छोरा राजकुमार फिलीपको तर्फबाट पनि घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको समाचारमा जनाइएको छ । 

 

न्युजिल्यान्डसहित बेलायत, अष्ट्रेलिया, क्यानडालगायत १६ देशकी ९२ बर्षीया रानी एलिजावेथ द्वितीयले सन् २००२ मा पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएको स्मरण पनि गरेकी छिन् । 

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, “यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ” 

 

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताएका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनलाई पठाएको पुटिनको सन्देशमा घटनामा संलग्न हरेकलाई कारबाहीको भागिदार बनाउन आग्रह गरेका छन् । 

 

टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगानले पनि दुई ओटा मस्जिदमा भएको दुखद् घटनाको कडा शब्दमा भत्सर्ना गरेका छन् । अङ्ग्रेजी र टर्किस भाषामा ट्वीट गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

 

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डको सरकार, जनता र पिडितहरुप्रति समवेदना व्यक्त गरेका छन् । 

 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि गहिरो सहानुभूति व्यक्त गरेका छन् । यस्ता घटना न्युजिल्यान्ड मात्र नभई सिङ्गो विश्वलाई नै चिन्ताको विषय भएको उहाँले उल्लेख गरेका छन् । 

 

फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामाले शुक्रबार सम्प्रेषण गरेको सन्देशमा दुई मस्जिदमा भएको दुखदायी घटनाबाट आफु मर्माहित भएको उल्लेख गरेका छन् । 

 

घटनाप्रति पाकिस्तानले पनि दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जारी गरेको वक्तव्यमा दुखदायी घटनाको पाकिस्तानले भ्रत्सर्ना गर्ने उल्लेख छ । 

 

यसैगरी क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुई ओटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् । 

 

उनले पठाएको सन्देशमा न्युजिल्यान्डका जनता र घटनाबाट पिडितप्रति ऐक्वबद्धता जनाउदै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । 

 

अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी सो घटनाप्रति सामाजिक सञ्जालमा पनि धेरैले दुःख व्यक्त गरेका छन् । 

 

प्रधानमन्त्री आर्डेनले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताएकी छिन् । उनले न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला भएको उल्लेख गरेकी छिन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डेर्नले भनिन्, “आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।” 

 

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रत्यक्षदर्शीहरूले आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको भिडियोमा बताएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

  • 1 minute ago
डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार

  • 8 minutes ago
भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार

काठमाडौँ। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक स

रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ

  • 12 minutes ago
रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ

लुम्बिनी । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।