७ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट सेवा
- बुधबार, ३० कार्तिक, २०७९
- 2 months ago
- प्रबिधि

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो।
३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ। २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिंकले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको कम्पनीले जनाएको छ। देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिंकमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको छ। बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।
देशको कुल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिंकमार्फत जाने गरेको छ। कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाइफाइ एक्सप्रेसमार्फत फ्री वाइफाइ समेत उपलब्ध गराइरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन्। त्यस आधारमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको कम्पनीको भनाइ छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।