वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर
- बिहीबार, १३ माघ, २०७८
- 3 months ago
- प्रबिधि

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।
बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिंकका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन्।
यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ। त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने)ले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन्।
वर्ल्डलिंकले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागुहुने कम्पनीले जनाएको छ। कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन्।
यसरी तीनजनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजीसहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउने कम्पनीले बताएको छ।
त्यस्तै पाँचजनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई–फाई बिकन १.१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीले यस पटकको रिफर अफर पहिलेको भन्दा अझ आकर्षक रुपमा तयार पारेको छ। यस पटकको अफरमा थप झन्झटिला र दुविधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन्।
वर्ल्डलिंकका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिंक एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ।
त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिंकको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
- 3 minutes ago

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
भरतपुरमा रेनुको मतान्तर १० हजार नाघ्यो
- 13 minutes ago

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी रेनु दाहालले १० हजार मत अन्तर बनाएकी छिन्। महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० ह
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 1 hour ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।