विश्वमा अझै धेरै महिला सांसदको आवश्यक छ
- शनिबार, १६ आषाढ, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिएका छन् ।
हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसदवादको सन्दर्भमा दिएको सन्देशमा उनले सो धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ ।
उनले उक्त सन्देशमा भनेका छन्— अझै पनि विश्वका संसदहरुमा पुरुष सांसदहरुकै बाहुल्यता रहेको छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसदहरु हुनु जरुरी छ, यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन हुनेछ ।
राजनीतिमा महिला सहभागिताको अवस्था बढेको छ, सङ्ख्यात्मक रुपमा हेर्दा यसको अवस्था सन्तोषजनक पनि देखिन्छ तर पनि यसले संसदमा महिलाको सहभागिता बढाउन भने सकेको छैन ।
उक्त सन्देशमा उनले भनेका छन्— यो नयाँ दिवस, संसदवाद दिवस मनारहदा मैले के अनुरोध गर्न चाहन्छु भने तपाईँ सांसदहरुले आआफ्नो देशको संसदमा जनताका कुरा उठाउनुहोस र जनताले भोगेका समस्याहरुको समाधान गरी उनीहरुका जिवनशैलीलाई बढी सहज बनाउने पक्षमा नीति निर्माण गर्नुहोस् ।
सो सन्देशमा उनले भनेका छन्— म आफै पनि साँसद थिएँ र यसको अनुभवको आधारमा म के भन्छु भने संसद नै त्यस देशको शासन व्यवस्थालाई प्रजातान्त्रिक बनाउन सांसदको ठूलो हात हुन्छ ।
उनले संसद नै प्रजान्तत्र, शान्ति, मानवअधिकारको संरक्षण र देशको विकासका लागि सबैभन्दा ठूलो आधारका रुपमा रहने धारणा पनि उनले राखे ।
महासचिव गुथ्रेसले राष्ट्रसंघद्धारा लक्षित दिगो विकासका कार्यक्रमहरु पूरा गर्ने पक्षमा संसदमा कामगर्न पनि संसदलाई आग्रह गरे ।
संयुक्त राष्ट्रसंघले पहिलो पटक यो दिवस जुन ३० मा मनाउने निर्णय गरेको हो ।
यस दिवसका दिन विश्वमा संसदीय प्रजातन्त्रको अवस्था, यसको सुधारका पक्षहरुका साथै संसदीय प्रतिनिधित्वको बारेमा विचार विमर्श हुने गर्दछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा
- 2 minutes ago

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्
‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन
- 15 minutes ago

काठमाडौँ। खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा
पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा
- 17 minutes ago

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।