'भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छ'

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, २३ असोज, २०७६
  • 3 years ago
  • नेपाल

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र  सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् ।  

 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढिरहेको उल्लेख गरे।

 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले  भ्रमणका लागि उच्च सुरक्षा तयारी र सतर्कता कायम गरिएको र यसलाई पूर्ण रुपमा सफल र ऐतिहासिक बनाउने कुरामा सबैपक्ष पूर्णरुपमा सहमत, सचेत र गम्भीर भएको बताए । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, विज्ञ तथा चीनका लागि नेपाली पूर्वराजदूतसमेतको बैठक आयोजना गरेको र उक्त बैठकमा प्रधानमन्त्रीले भ्रमणलाई ऐतिहासिक बनाउन सबैको साथ र सहयोग रहने तथा यसलाई ऐतिहासिक बनाउन भ्रमणका क्रममा कुनै प्रयास बाँकी नराखिने बताउनुभएको  मन्त्री बाँस्कोटाले जानकारी दिए ।  बैठकमा दुई देशका नेताहबीचको सम्बन्ध पूर्ण विश्वासिलो बन्नुपर्छ भन्ने सुझाव आएको र  सरकारले त्यसलाई सकारात्मक रुपमा ग्रहण गरेको सरकारका प्रवक्ताले बताए ।  

 

मन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको यस भ्रमणलाई नेपाल सरकार र नेपाली जनताले अत्यन्त भव्यतापूर्वक सफल बनाउन सङ्कल्प गरेकाले यसलाई परिणाममुखी बनाउन सम्पूर्ण तयारी पूरा गरिएको बताउँदै भ्रमणका समयमा आपसी हितका सबै विषयमा छलफल हुने तथा नेपालले पहिलादेखि उठाएको र दुई देशबीचका सबै विषयमा सौहार्दपूर्ण अवस्थामा दुई देशका अधिकारीबीच छलफल भइरहेको जानकारी दिए । 

 

उनले द्विपक्षीय वार्तामा मुख्यतः रेल्वे, सडक, अप्टिकल फाइबर र  विद्युतीय ट्रान्समिसन लाइन समेटिएको हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल ( ट्रान्स हिमालयन मन्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) का विविध पक्षमा छलफल हुने र यसले दुई देशका नागरिकबीचको व्यापार सम्बन्ध बढाउने तथा उत्पादन र उपभोक्तालाई जोड्न बलियो सेतु उपलब्ध गराउने विश्वास व्यक्त गरे । चीनसँग जोडिने पहिलो राजमार्ग अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौँ सुरुङ तथा रेल, अन्तरसीमा विद्युत् प्रसारण, सीमा व्यवस्थापन, किमाथाङ्का र कोराला नाका, हिल्सा सडक र उत्तर दक्षिण करिडोरका विषयमा पनि छलफल हुने उनले जानकारी र्दिए । 

 

‘‘आजको चीन विश्वको महाशक्तिको रुपमा उदाएको छ र हाम्रो असल छिमेकी राष्ट्रको रुपमा पनि रहेको छ । नेपाल यस्तो अवस्थामा छ जहाँबाट विश्वका तीन अर्ब मानिसलाई जोड्न सकिन्छ । यस सम्बन्ध सेतुको रुपमा कनेक्टिभिटीको अवधारणालाई महत्पूर्ण अगाडि बढाउन हामी इच्छुक छौँ । दुई मुलुकबीचको सम्बन्धलाई बढी सहज बनाउन र मानवजातिले विकास गरेका सम्पूर्ण सिर्जनाको सहज उपभोग गर्न यसलाई साझा सम्पत्तिको रुपमा प्रयोग गर्न सकिन्छ’’, उनले भने । मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘‘केरुङ –काठमाडौँ रेलको दूरी ७८ किलोमिटर छ । त्यसको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० बन्नुपर्छ । त्यसैबाट सुरुङ, पुलबारे धेरै कुरा निर्धारण हुन्छ । त्यसपछि लागत निस्कन्छ । ऋणका सम्बन्धमा नेपाल तथा चीनको क्षमता, नेपालको अनुरोध तथा चीनको सद्भावले निर्धारण गर्छ’’, उनले भने । 

 

उनले  दुवै पक्षबीच यस्ता विषयमा सकारात्मक ढङ्गले छलफल भइरहेको र भ्रमणका दौरानमा वार्ता र छलफलको क्रममा यी विषय थप परिष्कृत हुने बर्ता । उनले दुई राष्ट्रपतिबीच बैठक हुने, रात्रिभोज आयोजना गरिने, चिनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक वार्ता हुने र त्यस क्रममा परियोजना तथा चासोका विषयमा समझदारी र समझौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको बताए ।  उनले कुनै पनि देशले सबै परियोजना कसैका लागि पनि निः शुल्क बनाइदिन नसक्ने तथा कतिपय विषय सद्भावमा भर पर्ने उल्लेख गर्दै यसमा सबै पक्षको सद्भाव प्राप्त हुने, कसैको पनि विरोध नहुने र भ्रमणलाई ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध भएर उभिएको बताए । 

‘‘चमत्कारिक विकास गरेको र महाशक्तिको रुपमा आएको चीनको आर्थिक, प्राविधिक तथा ज्ञानको क्षमताबाट छिमेकी मुलुक हुनुका नाताले नेपालले पनि लाभ लिन सक्छ । चीनसँग हजारौँ वर्षदेखि र संवतको गणनै नहुँदादेखि रहँदै आएको सद्भाव कतै पनि खल्बलिँदैन र यसमा विषयान्तर हुँदैन ।’’ उनले जोड दिए । प्राकृतिक विपत्तिमा नेपाल परेको बेला चीनको महत्वपूर्ण सहयोग रहेको बताउँदै वसन्तपुर दरबार र नुवाकोट दरबार हाल पुनःनिर्माण हुँदै गरेको जानकारी दिए ।  

मन्त्री बाँस्कोटाले दुई मुलुकबीच सम्बन्ध समस्यारहित रहेको बताउँदै राष्ट्रपति सीको भ्रमणलाई नागरिक रुपमा पनि तीव्र प्रतीक्षा गरिएको र सफल होस् भनेर कामना गरिएको  उल्लेख गरे । उनले  सियान, ज्याङ जमिनपछि  सी नेपाल भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति हुनुभएको र यो सिङ्गै देशको गर्वको विषय भएको बताए चिनियाँ राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्दै छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 7 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।