चर्चित युवा र्यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या
- मंगलबार, ५ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकी युवा र्यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या भएको छ । स्थानीय समयअनुसार सोमबार बेलुकी अमेरिकाको फ्लोरिडामा हत्या भएको समाचारमा उल्लेख छ ।
२० वर्षीय र्यापर टेन्टासियानको वास्तविक नाम जासेन अनफ्रोइ रहे पनि उनी एक्सएक्सएक्स टेन्टासियोनको नामले परिचित थिए । मोटरस्पोस्र्ट स्टोरबाट निस्किएका उनलाई कालो रंगको एसयुभी गाडीमा आएका अपरिचित समूहले हत्या गरेको ब्रोआर्डका प्रहरी अभिकारीले बताएका छन् । उनीहरुको को हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । घटनापछि हत्याराहरुको खोजी भइरहेको छ । यसको लागि प्रहरीले प्रत्यक्षदर्शीहरुसँग बयान लिइरहेको छ ।
एक्सएक्सएक्स टेन्टासियोन सानो उमेरमा नै चर्चित बनेका हुन् । उनको ‘लुक याट मी’ नामक गीतले सन् २०१६ मा नै तहल्का मच्चाएको थियो । त्यस्तै अडियो डस्ट्रिब्युसन प्लेटफर्म साउन्ड क्लाउडमा पनि चर्चित बनेको थियो ।
उनको गीत बिलबोर्डको उत्कृष्ट १०० भित्र परेर ७ औं स्थानसम्म आइपुगेको थियो ।
उनको हत्यापछि चर्चित गायक गायीका तथा सांगीतिक समूहले श्रद्धान्जली अर्पण गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ
- 2 minutes ago

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ
भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार
- 9 minutes ago
काठमाडौँ। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक स
रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ
- 13 minutes ago

लुम्बिनी । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।