यमनी विद्रोहीसँग पुनःवार्ता गर्न सरकार तयार

Global IME
Mega Bank
Norvic Hospital

एडेन । यमनी सरकार द्वन्द्वरत हुथी विद्रोहीसँग शान्ति वार्ता गर्न तयार रहेको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । 

 

बर्षौ लामो द्वन्द्व थप सशक्त भइरहेका समय द्वन्द्वरत पक्षलाई समस्याको समाधान गर्न अन्तराष्ट्रिय समुदायबाट दबाब आइरहेका समय यमन सरकारबाट उक्त भनाई आएको हो । 

 

संयुत्तः राष्ट्र सङ्घले पनि बुधबार यमनमा एक महिनाभित्र शान्तिवार्ता शुरू गर्न लागिएका जनाएको थियो । संयुक्त राष्ट्रसङ्घको पहलमा एक महिना पहिले पनि शान्तिवार्ता प्रयास गरिएको थियो तर विद्रोहीले वार्तामा बस्न अस्वीकार गरेपछि वार्ता सम्भव भएको थिएन । 

 

यमन रिपब्लिक शान्ति स्थापना गर्ने राष्ट्रसङ्को प्रयासलाई स्वागत गर्दछ, राज्य सञ्चालित साबा न्यूज एजेन्सीले सरकारद्वारा जारी प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

 

यमन सरकार शान्ति र अमन चयनको विश्वास सिर्जना गर्न खासगरी बन्दी र कैदीहरूलाई रिहा गर्न साथै द्वन्द्वका क्रममा अपहरण परेका र वेपत्ता पारिएका सुरक्षाकर्मी र नागरिकको खोजी गर्न तयार छ, विज्ञप्तिमा जनाइएको छ । 

 

संयुक्त राज्य अमेरिकाले यमनमा युद्धको स्थितिलाई तत्कालै अन्त्य गर्न गत हप्ता आह्वान गरेको थियो । यमनी सरकारलाई सघाउँदै आएको साउदी अरब नेतृत्वको गठबन्धनलाई अमेरिकी सहयोग रहँदै आएको छ । यमनी विद्रोहीलाई इरानको समर्थन रहने गरेको बताउने गरिन्छ । 

 

सेप्टेम्बरमा हुथी विद्रोहीले वार्ताका लागि जेनेभा जान संयुक्त राष्ट्रसङ्घले आफ्नो समूहको प्रतिनिधिमण्डललाई यमनी राजधानीसम्म फिर्ता पु¥याउने जिम्मा नलिएको साथै घाइते विद्रोहीलाई ओमानसम्म जाने वातावरण मिलाउन नसकेको भन्दै सुरक्षाको कारण वार्तामा सहभागिता हुन नसक्ने बताएको थियो । 

 

यस पहिले सन् २०१६ मा वर्तमान राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडी र विद्रोही कुबेतमा भएको १०८ दिन लामो वार्ताबाट पनि कुनै सहमति हुन सकेको थिएन । 

 

यमनमा भएको द्वन्द्वमा परी कम्तीमा १० हजार नागरिकको ज्यान गुमेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको छ । मानबअधिकारबादी विभिन्न समूहहरूले यमनमा सन् २०१५ मा शुरू भएको द्वन्द्वका कारण अहिलेसम्म ५० हजारको ज्यान गएको बताउने गर्छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 36 seconds ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।

सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

  • 13 minutes ago
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 29 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।