द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

 

द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका जनरल सुपरभाइजर अब्दुल्लाह रबिआहले बताए । 

 

उनले थपे, उक्त सहयोग राशी संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय तथा स्थानीय सहयोग समूहमार्फत यमनी जनतालाई बाँडिनेछ । 

 

रबिआह र यूएईका अन्तराष्ट्रिय सहकार्य सहमन्त्री रीम अल–हासिमीले रियादमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बताए । 

 

पछिल्लो सहयोग रकम उक्त दुई मुलुक र कुबेतले सन् २०१८ का लागि थप सहयोग दिने सहमति अनुरूप संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यक्रम अन्तर्गत दिइएको रबिआहले बताए । 

 

कुबेतले पनि छुट्टै एक अर्ब २५ करोड अमेरिकी डलर सहयोग गरेको उनले बताए । 

 

साउदी अरब र युएईले यमनी हुथी समूहले यमन सरकारविरोधि आन्दोलनमा देशका अधिकाँश ग्रामिण इलाकासमेतलाई नियन्त्रणमा लिएपछि यमनी राष्ट्रपति अवेद्रेब्बो मन्सुर हाडीको आग्रहमा सन् २०१५ देखि सरकारको पक्षमा गठबन्धन सेनाको नेतृत्व गर्दै आएका छन् । 

 

विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध चलाएको कारबाहीका क्रममा करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् । तर अन्तराष्ट्रिय मानब अधिकार समूहले भने द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या विश्व स्वास्थ्य संगठनको तथ्याङ्कभन्दा पाँच गुणा बढी भएको दावी गर्दै आएका छन् । 

 

यमनी द्वन्द्वका कारण यहाँका अधिकांश नागरिक भोकमरीको चपेटामा रहँदै आएका छन् जसलाई राष्ट्रसंघले अति विग्रेको अवस्थामा पुगेको मानवीय सङ्कटका रूपमा व्याख्या गर्दै आएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 second ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

  • 6 minutes ago
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

इजरायलको रोजगारी पुन: खुल्यो

  • 31 minutes ago
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।