यमनको छातीमा साउदी–इरान युद्ध

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ । 

 

साउदी अरबलाई डर थियो कि उसको छिमेकी देश यमन कही कतै इरानको प्रभावमा नपरोस् । यही आशंकाका आधारमा साउदी अरबको अगुवाइमा संयुक्त सेनाले शिया हाँसी विद्रोहीहरुलाई निशाना बनाएर आक्रमण गर्न थाल्यो । 

 

युद्धको सुरुवातमा नै संयुक्त सेनाले राजधानी सनाको राष्ट्रपति निवासमा नै आक्रमण गरिदियो । सन् २०१४ को सेप्टेम्बरबाट विद्रोही कमाण्डर मोहमम्द अली हाँसीको नियन्त्रणमा राष्ट्रपति भवन रहेको थियो ।

 

रब्बाह मंसुर हादीको सरकार गिराउँदै आफैलाई राष्ट्रपति घोषित गर्ने काम उनले गरेका थिए । सरकार गिर्ने समयमा हादीलाई साउदी अरबले बचाउन सफल भएको थियो । त्यसपछि यमनमा इरानको प्रभाव बढ्न थालेको थियो । मिडिया रिपोर्टका अनुसार यमनबाट साउदी अरबमा मिसाइल आक्रमण गर्ने काम भएको थियो ।

 

तर, साउदी अरबले यो सबै काम इरानको इसारामा भएको बताएको थियो । लेवनानमा शिया सरकार र इराकमा बढ्दै गरेको शिया प्रभावका कारण साउदी अरब तनावमा रहेको थियो । साउदीका राजशाही यमनमा तेहरानको बढ्दो प्रभाव रोक्न हरसम्भव प्रयास गर्ने सोचमा रहेका थिए ।

 

यमनको एक समाचार वेवसाइटका अनुसार सादामाथि रातमा आक्रामण गरिएको थियो । सन् २००९ मा साउदी अरबले हाँसी समुदायमाथि पनि आक्रमण गरेको थियो । 

 

लामो समय युद्धका कारण यमन तहसनहस भएको छ । मिडिया रिपोर्टका अनुसार ८५ हजार बालबालिकाहरु कुपोषणका कारण मृत्यु भइसकेको छ । 

 

यमनमा आफ्ना ५ वर्षमुनिका सन्तानहरुको मृत्युको पीडामा कति परिवार छटपटाइरहेका छन् भने कति आफ्ना सन्तानको मृत्युको दिन पर्खेर बसिरहेका छन् । 

 

अमेरिकाले यमनमा शान्ति कायम गर्न साउदी अरबसँग अर्को महिना वार्ता गर्ने भएको छ । आफ्ना हातमा सन्तानहरुको मृत्यु देखिरहेका आमाबुबाको तस्बिरले विश्वभरबाट तत्काल समस्या समाधान गर्न दबाब सिर्जना गरिरहेको अवस्था छ । 

 

सन् २०१५ यता करिब ८५ हजार बालबालिकाहरुको भोकमरीका कारण ज्यान गएको सेभ द चिल्ड्रेनको रिपोर्टमा उल्लेख छ । साउदी अरबको कठोर निर्णयका कारण यमनले यतिधेरै पीडा सहनु परेको हो । मिसाइल आक्रमण र क्रुर नाकाबन्दीका कारण यमन छियाछिया भएको हो । यमनको समस्या समाधानका लागि अमेरिकाले देखाएको कमजोर तदारुकताको प्रश्न उठेको छ । तर, यसबारे संयुक्त राष्ट्र संघ लगायत अन्य संघसंस्थाहरु पनि चुप रहेका छन् । 

 

२०१७ को समग्र वर्षभरनै युद्ध क्षेत्रमा रहेको बालबालिकाहरुमाथिको आक्रमण जारी रह्यो । युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिकाहरु बचाउनका लागी राष्ट्रसंघले युद्धरत पक्षहरुसँग आग्रह पनि गरेको थियो तर उसको यो आग्रह कुनै अर्थ रहेन थप धेरै बालबालिकाहरु यसको शिकार बन्न पुगे । यो वर्षमा बालबालिकाहरु धेरै सुरक्षित रहने अनुमान गरिएको स्थानहरुलाई लक्षित गरी आक्रमण भएको कारण बालबालिकामाथिको खतरा बढेको हो । विशेषगरी यस वर्ष स्कुल, खेलमैदान र घरैघर भएका सहरमा भएको आक्रमणको कारण यस किसिमको नतिजा देखिएको हो । 

 

अहिले देखिएको अवस्था निकै बर्बरतापूर्ण रहेको स्वयं अधिकारीहरु बताउँछन् । उनीहरुले अहिलेको अवस्थालाई सही स्थानमा ल्याउन निकै कठिन रहेको बताएका छन् ।

 

बालबालिकाहरुको अवस्था भयावह रहेको अर्को क्षेत्र कंगो हो । यो क्षेत्रमा आठ लाख ५० हजार बालिबालिकाहरुले आफ्नो घरबाट विस्थापित हुनप¥यो । चार सयभन्दा बढी विद्यालयमा आक्रमण भए भने तीन लाख ५० हजारभन्दा बढी बालबालिकाहरु कुपोषणको शिकार बन्न पुगेको विवरणले देखाएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 27 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 35 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 52 minutes ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।