Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थवृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

वृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा


काठमाडौँ। केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्स आफ्नो नयाँ उत्पादनहरु बजारमा ल्याएको छ।

वृज एडिटिभ्सले शुक्रबार काठमाडौँमा रहेको हायात प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सोलुसन्स बजारमा ल्याएको घोषणा गरेको हो।

वाटर प्रुफिङका लागि ल्याएको वेदर प्रो प्लस २५० ब्रिज सेफक्रेटले घरलाई पानीले पुर्‍याउने क्षतिबाट बचाउनका साथै पिलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दीगोपन प्रदान गर्ने कम्पनीले बताएको छ। उत्पादनका आवश्यकता र औचित्यताका विषयमा सम्बन्धित विज्ञहरूले आ-आफ्नो धारणा राखेका थिए।

बजारमा आएका विभिन्न उत्पादन मध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाइ प्रयोग गर्न सकिन्छ भने ब्रिज सेफक्रेटलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।

यसका अतिरिक्त एडमिक्सर सोलुसन्स अन्तर्गत वृज एडिटिभ्सले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ५५० र अल्ट्रसेन १०० पनि बजारमा ल्याएको छ।

कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य व्यक्त गर्दै उत्पादित वस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT