यमनमा थामिएन युद्ध, १२ जनाको मृत्यु
- बिहीबार, २ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एडेन । यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् ।
हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो ।
अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी लडाकूहरु अघि बढेको बताइएको छ । सरकारी सेनाको मद्दतका लागि साउदी–गठबन्धनका सेनाबाट हुथी विरुद्ध हवाई कारबाही पनि गरिएको थियो ।
हुथी विद्रोहीहरुले आफ्ना लडाकाको ज्यान गएपछि तोपबाट गोलाबारी गरेका थिए । सरकारी फौजले पनि विद्रोहीमाथि कारबाही गर्न भारी मेसिनगन क्वाताबा जिल्लामा परिचालन गरेको थियो ।
गत मङ्गलबार अमेरिकी विशेषदूत मार्टिन ग्रिफिथले ढालियामा जारी द्वन्द्वबाट आफू निकै चिन्तित भएको बताउँदै दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडीको सरकार अपदस्थ गरी निर्वासित हुन बाध्य पारेलगत्तै गृहयुद्ध चर्किएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 17 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 17 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।