'यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो'
- शुक्रबार, १३ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ ।
यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ ।
सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ । युएईको विदेश मन्त्रालयले गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ ।
यमनको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ । दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ ।
सरकारी फौजमाथि आक्रमण भयो – यमन
यमनको रक्षा मन्त्रालयले बिहीबार युएईको हवाई आक्रमणबाट करिब ३०० जना यमनी सुरक्षाफौजका सदस्यहरु मारिएका वा घाइते भएका जनाएको छ ।
एडेन र आसपासको क्षेत्रमा युएईले गरेको हवाई आक्रमणको यमनको रक्षा मन्त्रालयले भत्र्सना गरेको छ ।
एडेन र अब्यानमा गत बुधबारयता मात्र युएईले कम्तीमा १० पटक हवाई हमला गरेको थियो । यमनी सरकारी फौजमाथि साउदी अरेबिया समर्थित गठबन्धनले पनि आक्रमण गरेका छन् ।
यसैबीच, संयुक्तराष्ट्रसंघले यमनमा भएको पछिल्लो आक्रमणबाट कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको र कम्तीमा ७० जना घाइते भएको जनाएको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले एडेनका सडकहरु सुनसान भएका र स्थानीय विमानस्थलबाट सबै उडानहरु स्थगित भएको बताए ।
प्रवक्ता डुजारिकले यमन संकटमा तत्कालै चार अर्ब २० करोड डलर आवश्यक रहेको बताउनुभयो । यमनमा करिब दुई करोड मानिसलाई मानवीय सहायता जरुरी रहेको राष्ट्रसंघको अनुमान छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।