एकाबिहानै साउदीले यमनमा हवाई आक्रमण गरेपछि...
- शुक्रबार, ३ असोज, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

साना । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ । यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ ।
साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीको भनाई उद्धृत गर्दै होेडेडामा रहेका हुथी आतङ्ककारी विरुद्ध यो कारबाही भएको साउदी प्रेस एजेन्सी जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, हुथी समूहले उनीहरूको टेलिभिजन च्यानल अल मसिराहमार्फत यस हवाई हमलाले संयुक्त राष्ट्र नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन् ।
इरानको सहयोग रहेका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले यमनमा चार बर्ष भन्दा बढी समयदेखि हवाई आक्रमण जारी राखेको छ ।
साउदी अरबले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यमनका राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको समर्थनमा चार बर्ष भन्दा बढी समयदेखि हुथी विद्रोही विरुद्ध हवाई आक्रमण जारी राखेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।