गठबन्धनद्वारा कम्तीमा ७० जनाको ज्यान गएको यमनी जेलको हवाई आक्रमण आफूले नगरेको दावी

Global IME
Mega Bank
Norvic Hospital
अलजजिरा

एजेन्सी । साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनकोे उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो सम्लग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।

 

प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो ।

 

सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्त आक्रमणमा गठबन्धनको सम्लग्नता नरहेको र यसमा आफूहरूलाई दोषी देखाउन गरिएका प्रचार आधारहीन रहेको जनाएको छ ।

 

आक्रमणपछि उद्धारकर्ताहरूले खाली हातले भग्नाबशेषमा रहेका मृत शरीर र घाइतेलाई बटुलेको दृष्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । 

 

होडेडाको यमनी बन्दरगाहमा भएको गठबन्धनको आक्रमण भएको हुनसक्ने यस आक्रमणमा तीन नाबालकसहित दर्जनौँको मृत्यु भएको भन्ने खबरप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघका महासचिबले घटनाको भत्र्सना गरेका छन् । 

 

मानवीय सहायतकाका लागि यमनमा कार्यरत विभिन्न आठ संगठनले जारी विज्ञप्तिमा यमनको विद्रोही नियन्त्रित क्षेत्र सादामा रहेको जेलमा भएको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको ज्यान गएको दावी गरिएको छ । उक्त स्थानलाई आप्रवासीहरूलाई राख्ने आश्रयस्थलका रूपमा प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ । 

 

“‘हुथी लडाकूले गठबन्धनलाई बदनाम गर्न अपनाएका यी दाबीहरूमा सत्यता छैन,” गठबन्धन सेनाका प्रवक्ता तुर्की अल–माल्कीले घटनामा इराननिकट हुथी विद्रोहीहरू कै सम्लग्नता रहेको हुनसक्ने संकेत गर्दै भने । 

 

संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको बताउने गरेको यमनमा दशौं हजार मानिसको ज्यान गइसकेको र लाखौं विस्थापित भइसकेको र द्वन्द्वले यो हप्ता नाटकीय उतारचढाव ल्याएको छ ।

 

विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानालाई कब्जा गरेपछि मार्च २०१५ मा अमेरिका, फ्रान्स र बेलायतद्वारा समर्थित साउदी नेतृत्वले यमनी हुथी नेतृत्व विरूद्ध हस्तक्षेप गरेको थियो । गठबन्धनले यमनमा केही हप्ता मात्र हुथीविरूद्ध कारबाही गर्ने भनिएपनि अहिलेसम्म द्वन्द्व जारी रहेको छ ।

 

यमनको अजेय, सात वर्षे युद्धमा भएको नवीनतम हिंसा गत सोमबार इरान समर्थित हुथिहरूले गठबन्धन सहयोगी संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा पहिलो घातक आक्रमण भएको दाबी गरेपछि भएको थियो ।

 

हुथीहरूले तीन जनाको ज्यान लिने ड्रोन र क्षेप्यास्त्र आक्रमण भएको दाबी गर्दै युद्धलाई नयाँ चरणमा लगेका बताएका थिए । युएईले आफ्नो सीमाभित्र पहिलो घातक आक्रमण भएको स्वीकार गर्दै यसको वदला लिने चेतावनी दिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 3 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 3 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 3 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।