'शरीर विज्ञानसम्बन्धी चिन्तनको प्रारम्भ यहीँ भएको थियो'

हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै विषयसँग केन्द्रित छ । योग यस भूमिको उपज हो । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यान आदि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।

 

हजारौँ वर्ष अगाडिको कुरा हो । जसको मोहेनदोजारो, हडप्पा, नील नदीको सभ्यता, पेकिङको सभ्यता वा जाभाको सभ्यताभन्दा पुरानो र चिन्तनहरूमा पहिलो चिन्तन शृङ्खलाको पहिलो सुरुवात यहीँ भएको थियो । शरीर विज्ञानसम्बन्धी चिन्तनको प्रारम्भ यहीँ भएको थियो । शरीर र मनभित्र चैतन्यको अर्को तह हुन्छ, जसलाई चित्त भनिन्छ । शरीर, मन र चित्तको योग, मानव जीवन र प्रकृतिको योग, हाम्रो प्राण र प्राणवायुको योग । यस्तो योग विज्ञानको सुरुवात यही धर्तीमा भएको थियो । प्रमाणहरू त भेटिँदैनन् तर गणितीय र अन्य प्रकारका अध्ययनहरूले लगभग १५ हजार वर्षअगाडि आदियोगी शिवबाट यस धर्तीमा योग सुरु भएको थियो भन्ने विश्वास गरिन्छ । आदियोगी शिवले पहिलो पल्ट लगभग १५ हजार वर्षअघि यसको सुरुवात गर्नुभयो ।

 

त्यस बेला समयको मापन हुने गरेको थिएन । इस्वी संवत्को सुरुवात त्यसभन्दा लगभग १३ हजार वर्षपछि भयो । इसाको समय भनेको योग प्रारम्भ हुनुभन्दा १३ हजार वर्षपछिको समय हो । इसाको समयभन्दा अगाडि बुद्धको समय, त्यसभन्दा अगाडि अरू कतिपय ऋषि, योगीहरूको समय, ध्यानीहरूको समय खासगरी साङ्ख्य दर्शनका प्रादुर्भावकर्ता कपिलमुनिको समयमा यसको नवीकरण भयो । योगलाई लगभग प्रयोगविहीन रहेको अथवा अत्यन्तै थोरै योगीमा मात्रै सीमित रहेको अवस्थामा कपिलमुनिले नवीकरणका साथ प्रस्तुत गर्नुभयो । म अहिले जे चर्चा गरिरहेको छु, यी सबै कुरा नेपालमै भएका थिए । आदियोगी शिव, मैले भनिरहनु पर्दैन । हिमवत्खण्ड र त्यसमा पनि नेपाल देशमै यी सबै कुरा भए । बृहत् भारतवर्षको, भारतवर्ष भनेको साउथ एसिया (दक्षिण एसिया) हो । हिमवत्खण्ड अफगानिस्तानदेखि बर्मासम्मको भूभाग हो । यी भूभागमा नेपाल देशमै यी सबै कुरा भएका थिए । पाशुपत क्षेत्र, मृगस्थली, गुह्यश्वरी र चन्द्रागिरिमा सतीदेवीको भाल (निधार) पतन भएर भालेश्वर पीठ बनेको भन्छौँ । यस्ता पीठहरूले प्रसिद्ध यो ठाउँ, यसै ठाउँमा योगको सुरुवात भएको थियो ।

 

अहिलेसम्मका खोज, अध्ययन, अनुसन्धानहरूले बताएअनुसार पहिलो पल्ट शिवले आफूसँग योगसम्बन्धी ज्ञान प्राप्त गर्न खोज्ने सात शिष्य जसलाई सप्तऋषि भनिन्छ । सप्तऋषिहरूलाई अगाडि राखेर योग शिक्षा प्रदान गर्न सुरु गर्नुभएको थियो । योग शिक्षा प्रदान गर्न सुरु गर्दा कुन दिनको छनोट गर्ने भन्दा सबैभन्दा लामो दिन, जुन दिनबाट सूर्यको दक्षिणायन सुरु हुन्छ । पछि आएर सबैभन्दा लामो दिनलाई आजकाल जुन २१ भन्छन् । २१ जुन वर्षको सबैभन्दा लामो दिन हो । सूर्य दक्षिणायन लाग्ने त्यस दिन शिवले आफ्ना सात शिष्य सप्तऋषिलाई पहिलो योग ज्ञान प्रदान गर्न प्रारम्भ गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले २०१४ बाट त्यही दक्षिणायन लाग्ने दिनलाई बडो हिसाबकिताबका साथ नै अन्तर्राष्ट्रिय योग दिवस भनेर मान्यता दियो । यो शिव युगबाट, शैव सभ्यताबाट जनक सभ्यता, कपिल सभ्यता, बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै अहिले आएर अन्तर्राष्ट्रिय योग दिवस भएको छ । आज हामी आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाएको वास्तवमै वैज्ञानिक छ, किनभने हाम्रा शास्त्रहरूले गरेको विश्वास, हाम्रा खोज अध्ययन, अनुसन्धानहरूले गरेको विश्वास र अन्य धेरै कुरा हाम्रा गणितमा भर परेका छन् । गणितले गरेको समयको गणनाको विश्वास स्थापित हुनु हाम्रो गणित असाधारण गणित हो भन्ने पुष्टि पनि हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो । र, त्यस दिनलाई आज अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइएको छ । यसमा हामीले सानो चित्त गर्नुपर्ने आवश्यकता छैन ।

 

यसमा भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीजीले विशेष पहल गर्नुभयो । यो हाम्रो ठाउँमा जन्मिएको, हाम्रो ठाउँमा हुर्किएको, हाम्रो ठाउँमा कायम रहेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न उहाँले जुन प्रयास गर्नुभयो, त्यो सकारात्मक कुरा हो । सराहनीय र प्रशंसनीय कुरा हो । यसमा हाम्रो पनि योगदान रहेको छ । सर्वसम्मतिले संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्छ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलिसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात् गर्दै आज संयुक्त राष्ट्रसङ्घले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको छ ।

 

आज सबैभन्दा लामो दिन, सूर्य दक्षिणायन हुने दिन । यसको जुन २१ भन्ने गणितीय नामकरण पछि भएको हो । तर, पहिले सूर्य दक्षिणतिर लाग्ने दिन, सबैभन्दा लामो दिनलाई मानेर यसलाई योग दिवसका रूपमा छनोट गरिएको थियो । यस दिनको छनोटका लागि नेपालका, भारतका र योगसम्बन्धी ज्ञान भएका विद्वान्हरूले, योगसम्बन्धी खोज, अध्ययन, अनुसन्धान गरेका विद्वान्हरूले ठूलो योगदान गर्नुभएको छ । यो एउटा मिथका रूपमा पनि हुन सक्छ । तर, यसको इतिहास त्यहाँनिर जोडिएको छ । त्यसैले अन्तर्राष्ट्रिय योग दिवस हाम्रो दिवस हो । यहाँबाट प्रारम्भ भएको दिवस हो ।

 

हामीले योगका अत्यन्त सूक्ष्म मर्महरूबाट योगका कुरा सुरु गर्यौं । योगको मर्म के हो ? त्यसबाट सुरु गर्यौँ । ‘तमसो मा ज्योतिर्गमय’, योगको मर्म यही हो । असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्माअमृतं गमय । यसको अर्थ हामीलाई असत्यबाट सत्यतिर, अँध्यारोबाट उज्यालोतिर, अप्ठ्यारा, दुर्लभता, रोगबिमार र मृत्युको भयबाट मुक्त गर भन्ने नै हो । चित्तविश्रामको विशेष अवस्थाबाट हामी मुक्त हुन सक्छौँ भन्ने यसको गहिरो अर्थ छ । सिद्धार्थ गौतमले दरबार छोड्दा जुन प्रश्नहरू लिएर फेरि एउटा नयाँ जागरण, चिन्तनको क्षेत्रमा एउटा नयाँ जागरणको र एउटा नयाँ खोजीको प्रारम्भ गर्नुभयोस त्यहाँ अलिकति ग्याप भएको थियो । एक ढङ्गले भन्ने हो भने त्यसको खोजीको चिन्तनको पुनर्उत्थान बुद्धले गर्नुभएको थियो । त्यसलाई लगेर ध्यानका विभिन्न रूपमा उहाँले विकास गर्नुभयो ।

 

मैले अघि भनेँ, आदियोगी शिवबाट योग सुरु भयो । योगका अनेक आसनहरू शिवबाट सुरु भए । मुद्राहरू शिवबाट सुरु भए । त्यसैकारण नाट्य पनि योगको एउटा अङ्गका रूपमा शिवले सुरु गर्नुभयो, त्यसैले शिवलाई नटराज पनि भनिन्छ । शिवका विभिन्न मुद्राका नृत्यहरू असाधारण मानिन्छन् । यी सबै कुरा योगबाट नै विकास भएका थिए । योगका लागि वाद्यवादनका रूपमा डमरुको ताल विकास गरिएको थियो । त्यो पनि एउटा योग हो । यसर्थ, योगको सङ्गीतसँग, ध्वनिसँग विशेष सम्बन्ध छ । ब्रह्माण्डको सबैभन्दा पहिलो ध्वनि योगध्वनि हो । त्यो ॐ हो । पेटबाट गहिरोसँग खिचिएको श्वास कण्ठ हुँदै शिरसम्म पु¥याउँदा उत्पन्न हुने ध्वनि ॐ हो । यसको उच्चारणले क्रमैसँग उदर, कण्ठ र शिरमा आन्तरिक कम्पन पैदा गर्छ । ॐ लाई प्रथम ध्वनिका रूपमा मानिन्छ । त्यो कुनै पनि वस्तुसँग ठक्कर नखाई शून्यबाट उत्पन्न अनाहत नाद हो । हाम्रो योग विज्ञानले ध्यानमा दुवै कानलाई थुन्दा भित्रबाट सुनिने आवाजलाई अनाहत भन्छ । त्यसपछि त्यसका विभिन्न शाखा विकास भएका छन् । योगध्वनिभित्र योगका विभिन्न शाखा फैलिँदै गएर नृत्य, सङ्गीत, वाद्यवादनदेखि अनेक कुरा विकास भएर आएका छन् । अहिले हामी त्यहाँसम्म नजाऔँ ।

 

हामीले साङ्ख्य दर्शन र साङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनर्उत्थान गर्ने काम गर्नुपर्छस जो पहिले कपिलमुनिले गर्नुभएको थियो । कपिलमुनि पनि कपिलवस्तुकै हुनुहुन्थ्यो । पछि आएर महर्षि पतञ्जलिले सम्पूर्ण योगलाई आठ भागमा बाँड्नुभयो । त्यसपछि हामीले अष्टाङ्ग योग भनेर अध्ययन गरेका छौँ । अष्टाङ्ग योग भनेको योगका आठ अङ्गको अध्ययनका पाटा हुन् । योगका आठवटा सङ्घटक अङ्ग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । आठ भागमा विभाजित योगका हरेक अङ्ग, हरेकका विशाल शाखाहरू छन् । यमका आफ्ना शाखाहरू छन्, नियमका आफ्ना शाखाहरू छन्, फेरि तिनका अरू भाग र सेक्सनहरू छन् । योगका यी विभिन्न सेक्सन हुन् । र, ती सेक्सनहरूलाई हामी एउटा आसनको सेक्सनमा, एउटा प्रणायामको सेक्सनमा र अर्को ध्यानको सेक्सनमा लान सक्छौँ । सङ्क्षिप्तमा हामीले बुझ्दाखेरि आसन, शरीरलाई चुस्तदुरुस्त राख्न र शरीरको प्रतिरोधी क्षमता सहनशक्ति, वहनशक्ति आदिको विकास गर्न र शरीरलाई जम्न नदिन गति नै जीवन हो । नदी बग्न छोड्यो भने नदी रहँदैन, हावा बहन छोड्यो भने हावा रहँदैन । जे चिज पनि गतिमा निर्भर गरेको हुन्छ । तसर्थ, शरीर पनि गतिमा निर्भर गरेको हुनुपर्छ र गति बेढङ्गीसँग भयो भने, हिँड्दा तरिका पुगेन भने हात भाँचिन सक्छ, खुट्टा भाँचिन सक्छ, लडिन सक्छ । त्यसकारण हरेक काम ढङ्गसाथ गर्नुपर्छ । आसनले ढङ्गसाथ आफ्ना कामहरू गर्न सिकाउँछ ।

 

मानव सभ्यताको बीचमा के भयो ? सभ्यताको एउटा कालखण्डमा दासयुग आयो । दासहरूले विचरा के योग गर्नु १ उनीहरूलाई मानवको रूपमा होइन, वस्तुको रूपमा लिने एउटा अवधि सुरु भयो । र, उनीहरू मानव होइन, दासको रूपमा चित्रण गरिए । अथवा दास भनेको आवरणबाहेक मान्छे होइन । वस्तुकारूपमा उनीहरूलाई चित्रण गरियो । उनीहरूसँग योग कहाँ पुग्नु, ध्यान कहाँ पुग्नु, ज्ञान कहाँ पुग्नु, शिक्षा कहाँ पुग्नु ! उनीहरूसँग भएका अनुभव, अनुभूतिहरू । ती अनुभूति पनि उनीहरूले प्रकट गर्न पाउँदैनथे । किनभने उनीहरूलाई वस्तुको रूपमा व्यवहार गरिन्थ्यो । वस्तुको रूपमा व्यवहार गरिने भएको हुनाले श्रमिक वर्गहरूको जीवन कठिन थियो त्यस बेला । त्यो कठिन जीवनमा योग कहाँ पाउनु १ त्यसकारण योग अलिक सीमित भएर गयो : ऋषिमुनिहरूमा, ध्यानीहरूमा । यसरी उनीहरू त व्यायम यत्तिकै गरिहाल्छन् । दरबारमा बस्ने शासकहरू अथवा ऋषिमुनिहरू किन तन्दुरुस्त हुन्छन् ? किन तगडा हुन्छन् ? बुढौतीको अवस्थासम्म, बुढेसकालको समयसम्म योगी नरहरिनाथसँग अरू हिँड्न सक्दैन्थे । किन सक्दैन्थे त बुढेसकालसम्म पनि ? योगी नरहरिनाथ बूढो हुँदाखेरि पनि उहाँसँग अरू हिँड्न सक्दैन्थे । किनभने यो योगले हो । योगका कारणले हो । हामी एउटा कुरामा स्पष्ट हुनुपर्छ, योग कुनै धर्मविशेषसँग सम्बन्धित छैन । योग अध्यात्मसँग सम्बन्धित छैन । दर्शनहरूको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित छ, दर्शनकै प्रारम्भ यहीँबाट भयो । योगबाट दर्शनको प्रारम्भ भयो । योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो ।

 

ध्यानका विभिन्न शाखा छन्, प्रशाखा छन् । मेरो विचारमा अष्टाङ्ग योगमध्ये आसन शरीरका लागि हो । प्राणायाम हाम्रो जीवत्वका लागि हो । प्राणवायुबिना हामी तीन मिनेटभन्दा बढी बाँच्नै सक्दैनौं । तसर्थ, प्राणायामले शरीरलाई, प्राणलाई, शरीरका विभिन्न अङ्गहरूमा, मुटुमा, रगतमा र मुटुमार्फत मस्तिष्कमा पर्याप्त अक्सिजन पुर्याउनका निम्ति, प्राणवायु पुर्याउनका निम्ति र प्राणलाई नियन्त्रणमा राख्नका निम्ति मद्दत गर्छ । दौडियो भने काफी श्वासप्रश्वास बढ्न सक्छ । मान्छे स्वाँस्वाँ, फ्याँफ्याँ हुनसक्छ । स्वाँस्वाँ, फ्याँफ्याँ हुँदैमा प्राणायाम हुँदैन । अक्सिजन पर्याप्त मात्रामा, ठीक मात्रामा र ठीक ढङ्गले पुग्यो भन्न सकिँदैन । फेरि मान्छे त्यसरी दौडिन पनि सक्दैन । त्यसकारण दौडँदा पनि प्राणलाई नियन्त्रणमा राखेर दौडिनुपर्छ । नत्रभने धावकहरूले प्राणलाई यदि नियन्त्रणमा राख्न सकेन भने त्यसको नकारात्मक असर पुग्छ । अथवा योगको आसनले के गर्छ, शरीरका मसलहरू, रक्तसञ्चार आदि कुरालाई चुस्तदुरुस्त राख्छ । आसनले शारीरिक तागत दिन्छ । त्यसकारण दौडिने मान्छेका लागि तागत जरुरी छ । मसल चुस्तदुरुस्त हुन जरुरी छ । तब मात्र ऊ दौडिन सक्छ । उसको फोक्सो मजबुत हुनुपर्छ । फोक्सो मजबुत बनाउन, स्वस्थ बनाउन प्राणायाम जरुरी छ । मस्तिष्क एकदम चतुर हुनुपर्छ, पढ्नका लागि वा खेलकुद सबै कुराका लागि । त्यसका लागि ध्यान जरुरी छ ।

 

त्यसकारण योगका हामीले दैनिक जीवनमा बुझ्ने कुरा र अध्ययन गर्ने अध्येताहरू तथा सिकाउने गुरुहरू, प्रशिक्षकहरूका व्याख्या र विभिन्न पक्षका विद्याहरूको विस्तार त्यो एउटा कुरा हो । उहाँहरूले सबै शाखा, प्रशाखाको अध्ययन गर्नुपर्छ । यी अष्टाङ्ग योगका, आठैवटा अङ्गका विविध पक्षबारे उहाँहरू सविस्तार जानुपर्छ । तर, दैनिक जीवनमा योग अभ्यास गर्ने हामी योगका अध्येता होइनौँस प्रयोगकर्ता, उपयोगकर्ता मात्रै हौँ । त्यसकारण हामी उपयोगकर्ताले, उपभोगकर्ताले गर्ने कुरा फरक छ । सप्लायर्सले र उभोक्ताले गर्ने काम फरक–फरक छ । स्वामी आनन्द अरुणजी र ममा फरक छ । उहाँ आपूर्तिकर्ता हो, म उपभोक्ता हो । त्यसकारण हामी उपभोक्ताहरूले बुझ्ने कुरा उपभोक्ता जसरी नै बुझ्नु आवश्यक छ । त्यसरी मात्र यसलाई हामी फलदायी ढङ्गले अगाडि लान सक्छौँ ।

 

यसलाई धर्मसँग जोडेर सङ्कुचन गर्नु हुँदैन । यो धर्मसँग सम्बन्धित थिएन, छैन । अध्यात्मसँग सम्बन्धित थिएन, छैन । यो शरीरसँग, प्रकृतिसँग सम्बन्धित छ । यसैकारण ॐ शान्ति, ॐ शान्ति, जगत् शान्ति, विश्व शान्ति भनेको हो । किनभने जीव–मानव, जीव र वनस्पति, प्रकृतिको मेल हो । मानव, जीव र अन्य जीवहरू, वनस्पति र प्रकृति यी चारैवटा चिजको सङ्गतिपूर्ण मिलन योग हो । योग भनेको मिलन हो । त्यसैले यी चारैवटा चिजको मिलन हुनुपर्छ । एकैछिन भन्नुस् न, यी रूखहरू थिएनन्, यिनले हामीले फ्याँकेको कार्बनडाइअक्साइड लिँदैनथे र हामीलाई अक्सिजन दिँदैनथे भने हाम्रो जीनव सम्भव थिएन । बोटबिरुवा धर्तीमा नहुने हो भने मान्छे हुँदैनथ्यो । अरू जीव पनि हुँदैनथे । जीव हुनका लागि आदानप्रदान चाहिन्छ । मिलन चाहिन्छ । रुखको र मेरो मिलनबाट म श्वास फेरिरहेको छु । कार्बनडाइअक्साइड उसले लिइराखेको छ, अक्सिजन मैले लिइराखेको छु ।

 

यसरी हाम्रो मिलन भइराखेको छ । अथवा, पानी र जीवनको मिलन, खाना र जीवनको मिलन र इन्क्ल्युसेभनेस भन्ने छ आजकाल । शरीरविज्ञानभित्र असाधारण इन्क्युसेभनेस र हरेक चिजलाई आपूmमा समाहित गर्ने विचित्रको रुल छ, प्रकृतिसँग आफूमा समाहित गर्ने । र, त्यो आफूमा समाहित गर्ने कुरालाई हामीले उन्नत र सही तरिकाले समाहित गर्न सक्नुपर्छ । तपाईंले खाना पकाउनुभयो र खाना कुनै बिरुवाको फेदमा राख्दिनुभयो भने त्यो बिरुवा हुन्छ । मान्छेले त्यो खायो भने मान्छे हुन्छ । तपाईंले गाईलाई खुवाउनुभयो भने त्यो गाई हुन्छ । त्यसलाई प्रकृतिले आफूमा समाहित गर्छ । माटोमा छोड्दिनुभयो भने त्यो माटो हुन्छ । माटोले आफूमा मिलाउँछ । योगले प्रकृति र हाम्रो सम्बन्धमा विशेष चिन्तनको, अभ्यासको बाटो देखाउँछ । र, जीवनलाई कसरी स्वस्थ बनाउने, जीवनलाई कसरी सन्तुलित बनाउने, जीवनलाई कसरी जीवनजस्तो बनाउने, जीवनलाई कसरी मानव जीवनजस्तो बनाउने ? मानवले आफ्नो जीवनलाई मानव जीवनजस्तो बनायो भने दुनियाँका टन्टा, लडाइँ, झगडा सबै समाप्त हुन्छ ।

 

हरेक मानव मानवोचित ढङ्गले चल्यो भने, त्योभन्दा ठूलो समस्याको समाधान केही पनि हुँदैन । आज हतियारका चाङ लगाएर किन राख्नुपथ्र्यो ? मान्छे मान्छेजस्तो भइदिएको भए । हरेक मान्छे मान्छेजस्तो भइदियो भने त्यसपछि हतियारको चाङ लगाएर राख्नु पर्दैन । अर्काको सम्पत्तिमा लोभ गरेन भने, अर्काको ईष्र्या गरेन भने मान्छे मान्छेजस्तो हुन्छ । अर्काको अधिकार खोस्न चाहेन भने मान्छे मान्छेजस्तो हुन्छ तर आज त कस्तो छ भने जहाँबाट युद्ध सुरु गराइन्छ, त्यहीँबाट युद्ध व्यवस्थापन गराइन्छ । एकै ठाउँबाट । जहाँबाट घृणा फैलाइन्छ, घृणालाई द्वन्द्वमा विकसित गरिन्छ, त्यहीँबाट त्यसलाई शान्ति प्रक्रियामा ढालिन्छ । अनि शान्तिका मध्यस्थता र सम्झौताहरू गरिन्छ । जसले बढी हतियार बनाउँछ, थुपार्छ र बिक्री गर्छ, जसले मृत्युको व्यापार गर्दिन्छ, उसले शान्तिका कुरा गर्दिन्छ ।

 

जसले मानवअधिकारको हनन र उल्लङ्घन गरिराखेको हुन्छ, उसले मानवअधिकारका कुरा गरिराखेको हुन्छ । मानवअधिकारसम्बन्धी संस्था सबैभन्दा बढी त्यसलाई चाहिन्छ, जसले मानवअधिकारको उल्लङ्घन गर्छ । स्वामी आनन्द अरुणलाई कुनै मानवअधिकार संस्थाको धेरै जरुरी छ र ? तपाईं हिंसा नै गर्नुहुन्न, भ्वाइलेन्स छँदैछैन त मानवअधिकार संस्था चाहिँदैन । मानवअधिकार संस्था उसलाई चाहिन्छ, जसले उल्लङ्घन गर्छ, त्यसकारण त्यहाँ मानवअधिकार संस्था बढी आवश्यक पर्छ । झट्ट हेर्दा पीडितलाई चाहिएको छजस्तो देखिन्छ । पीडित किन बनाउने रु कसैलाई पीडित किन बनाउने रु मानवोचित व्यवहार हो र पीडित बनाउनु ? पीडित बनाइन्छ, समस्या त्यहाँनिर छ । र, वास्तवमा मानवोचित व्यवहार मात्रै न्याय हो । एउटा मान्छेको हत्या गरिसकेपछि अब न्याय पाउन अदालत जाने भनेको कुरा मन बुझाउने प्रक्रिया मात्रै हो । मान्छे मरिसक्यो, अब कहाँबाट न्याय आउँछ ? कहाँबाट के न्याय पाइन्छ ? त्यसकारण न्याय मानवोचित व्यवहार मात्रै हो । अरूको अधिकारमा हस्तक्षेप नगर्ने, अरूको स्वतन्त्रतामा हस्तक्षेप नगर्ने, अरूका भावनाको कदर गर्ने । त्यहाँनिर न्याय हुन्छ ।

 

त्यसकारण योगले मनको भावलाई शुद्ध र सकारात्मक राख्न सघाउँछ । चित्तको शुद्धता नै योगको प्रस्थानबिन्दु हो । यसको व्याख्या वर्णन म गर्न चाहन्नँ । मनलाई कसरी शुद्ध राख्ने ? शरीरलाई नुहाएर शुद्ध राख्ने, विचारलाई ध्यानले शुद्ध राख्ने आदि इत्यादि यसका अनेक पक्ष छन् । योगले शुद्ध राख्ने कुरा, स्वच्छ राख्ने कुरा, सबल राख्ने कुरा, सकारात्मक राख्ने कुरालाई आत्मसात् गर्छ । योगले स्वच्छतामा पृथ्वीको स्वच्छता, वायुको स्वच्छता, हावापानीको स्वच्छता, मनको स्वच्छता, वातावरणको स्वच्छता, व्यवहारको स्वच्छता, चिन्तनको स्वच्छता अनेक पक्षको स्वच्छताको कुरा गर्दछ । सकारात्मक सोँचबाट मात्रै त्यो हुनसक्छ ।

 

आज योगको महत्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ रहनु । शारीरिक र मानसिक रूपले स्वस्थ रहनु । स्वस्थ रहनका लागि योग असाधारण उपयोगी छ । यसले आसनको हिसाबले योगीहरूलाई जरुरी हुन्छ, हठासन आदि, सर्वसाधारणलाई सामान्य आसनहरू पर्याप्त हुन्छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । हामीलाई मन शुद्ध, विचार शुद्ध यसका लागि ध्यान आवश्यक हुन सक्छ । एकदम सङ्क्षिप्तमा लाने हो भने ध्यानका दुईवटा मात्रै पक्ष छन् । एउटा हो, एउटा विषयमा मात्रै केन्द्रित भएर त्यस विषयसम्बन्धी तत्व पत्ता लगाउने प्रयास । त्यसमा हुने सेन्टरलाइजेसन अथवा त्यसमा केन्द्रित हुने एकाग्रता ।

 

ऋषिमुनिहरूले ध्यानमा बसेर ज्ञान कसरी प्राप्त गर्छन् ? उनीहरूले एउटा खास विषयमाथि केन्द्रित भएर चिन्तन गर्छन् । त्यसकारण उनीहरूले त्यो चिन्तन गर्दा, विश्लेषण गर्दा, त्यस विषयमा केन्द्रित भएर विश्लेषण गर्दा ज्ञान प्राप्त गर्छन् । एउटा कुनै विषयमा केन्द्रित भएर चिन्तन गर्ने कुरा ध्यान हो । अर्को, मस्तिष्कलाई आराम दिने, चिन्तनबाट मुक्त गर्ने जसलाई समाधि भनिन्छ । समाधि ध्यानको उच्च रूप हो । कुनै पनि विषय दिमागमा आउन नदिने, मनलाई चञ्चल हुन नदिने, अस्थिर हुन नदिने ध्यानको मुख्य पक्ष हो । आँखा चिम्लेर बसेको छ, ध्यान विभिन्न कुराहरूतिर छरिएको छ भने त्यो ध्यान भएन । ध्यान गरेको छ, मेरो मोबाइल कता छुट्यो रु आज फलानो आउँछु भन्थ्यो, किन आएन रु यसो भएपछि ध्यान भएन । ध्यानले कुनै पनि हिसाबले यस खालको प्रवृत्तिलाई स्वीकार्दै स्वीकार्दैन । जति बेला ध्यान भन्छौँ हामी, या त एउटा विषयमा केन्द्रित भएर एकाग्रता हुनुपर्यो । प्रारम्भिक ध्यानको कुरा त्यही हो ।

 

अर्को, विषयबाट मुक्त भएर दिमागलाई आराम दिने । विषयहरूबाट हामी मुक्त भएर समाधिस्थ स्थितिमा, समाधिभन्दा माथि गएपछि दिमागलाई भ्याकुम राख्यो, खाली राख्यो भने दिमागको शक्ति, सामथ्र्य धेरै गुणा बढ्न सक्छ । किनभने दिमाग पनि केही कुराहरू यस्तो छन् जो कहिल्यै विश्राम गर्दैनन् । मुटुले कहिल्यै विश्राम गर्दैन, फोक्सोले कहिल्यै विश्राम गर्दैन । हाम्रा शरीरभित्रको रक्त प्रणालीले कहिल्यै आराम गर्दैन । हाम्रो पाचन प्रणालीले कहिल्यै आराम गर्दैन । हाम्रो कलेजोले, पित्तथैलीले अरू विभिन्न इन्द्रियले आराम गरिराखेका हुँदैनन् । मस्तिष्क पनि आराम गर्दैन । शरीरलाई हामीले सुतेर आराम दिन सक्छौँ । आंशिक रूपमा निदाएर दिमागलाई आराम दिन सक्छौँ तर पूर्ण रूपमा निद्रामा पनि दिमागले चाहिँ आराम गरेको हुँदैन । त्यो चलिरहेको हुन्छ । त्यसका चेतन, अवचेतन, अर्धचेतन र सुषुप्त अनेक पक्ष छन् । मस्तिष्कलाई एउटा आरामको बिन्दुमा पु¥याउने, जहाँ पुगेपछि कुरा खेल्न सक्दैनन् । मनमा कुनै पनि कुरा खेल्नेबित्तिकै त त्यहाँ आराम भएन । मान्छे जब खेल मैदानमा खेलिराखेको हुन्छ, दौडिराखेको हुन्छ, कसरी आराम हुन्छ ? मस्तिष्क पनि जब कुनै विचार गर्छ, कुनै चिज सोच्छ त्यस बेला विश्राम हुन सक्दैन ।

 

त्यसकारण विपश्यना पनि ध्यानको एउटा पक्ष हो तर समाधिचाहिँ होइन । विपश्यना आफ्नो अन्तरतिर फर्केर हेर्नु मात्र हो । समाधि विपश्यनाभन्दा माथि हो, विपश्यनामार्फत हेरिएका विचारहरूलाई समाधिमा पुगेपछि छोडिन्छ । विपश्यनाले आफ्नोभित्र शरीरका अनेक पक्ष, विचारका अनेक पक्ष, दिमागका अनेक पक्षलाई हेर्छ भने समाधिले कुनै पक्षलाई हेर्दैन र सबै विषयबाट मुक्त रहने कोशिष गर्छ । समाधिस्थयोगी त्यो हुन्छ, जसले विचारलाई बाह्य कुनै चिन्तन वा अन्य कुराहरूको प्रभावबाट मुक्त राखोस् । त्यसकारण प्रायः योगी, ध्यानी ध्यानका लागि प्रायः शान्त स्थान खोज्छन् । बाह्य कुनै पनि तत्वले ध्यानलाई भङ्ग गर्न सक्छ । ऋषि, महर्षि आदिको ध्यान भङ्ग गर्नुपर्यो भने, उहिले–उहिले मेनका आदि इत्यादि चुरा बजाउँदै अगाडि छमछम नाच्ने र अनि सुरिलो स्वरले कुरा गर्न थालेपछि ऋषिको ध्यान भङ्ग भयो भन्ने हामी सुन्छौँ नि । धेरै चिसो हावाले पनि ध्यान भङ्ग गर्न सक्छ । ठिक्कको चिसो हावा चाहिन्छ । धेरै गर्मीले पनि ध्यान भङ्ग हुन सक्छ ।

 

यो हठयोगमा मात्रै हुन्छ । गर्मीमा गएर आगो ताप्ने, हिमालमा गएर नाङ्गै बस्ने यो हठयोगभित्र पर्छ । त्यो पनि एउटा योगको पक्ष हो, योगभित्रको । त्यसका साधनाका आफ्ना पक्षहरू होलान् तर हठयोगचाहिँ ध्यान होइन । ध्यान गर्नका लागि र समाधिस्थ हुनका लागि कुनै पनि इन्द्रियहरूबाट दुष्प्रभाव अथवा नकारात्मक प्रभाव पर्नु हुँदैन । दुर्गन्ध आयो भने ध्यान भङ्ग हुन्छ । त्यसकारण दुर्गन्धित ठाउँमा बस्नु हुँदैन । धेरै सुगन्ध भयो भने पनि त्यसले ध्यान भङ्ग गर्न सक्छ, धेरै सुगन्ध पनि हुनुहुँदैन । धेरै चिसो, धेरै जाडो, बाहिरबाट आवाज आएको हुनुहुँदैनस आवाजले ध्यान भङ्ग गर्दिन्छ । त्यसकारण यस्ता ठाउँहरूबाट अलिकति मुक्त भएर ध्यानमा बस्नुपर्छ । नत्र घ्यारघ्यार गरेपछि ध्यान त त्यता तानिहाल्छ । यसर्थ ध्यान गर्ने ठाउँ पनि, स्थान पनि छानिन्छ ः वातावरण पनि छानिन्छ ।

 

आज दुनियाँलाई योग चाहिएको छ र यसका निम्ति अनुकूल वातावरण बनेको छ । त्यस्तो वातावरण, तीन हिसाबले भनौँ । एउटा– संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस भनेर, मानेर यसको प्रचारप्रसार गरेको छ र विश्वभरि योग दिवस मानिन्छ । त्यस दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मानिएको छ ः जुन दिन हामीकहाँ योगाभ्यास र योग प्रशिक्षण सुरु भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस भनेर मानिएको छ । अर्को कुरा, यसले गर्दाखेरि योग अभ्यास, योगप्रतिको आकर्षण, योगको प्रचारप्रसार, योगबारेको जानकारी दिने काम, गराउने काम र लिने काम बढेको छ । यसलाई मान्छेहरूले बुझ्न थालेका छन् ।

 

अर्को कुरा, कहिलेकाहीँ कोभिड–१९ जस्ता महामारीले योगको महत्वलाई प्रकट रूपमा अगाडि ल्याइदिन्छन् । यदि मान्छेले राम्ररी योग गर्ने गरेको भए र हाम्रो चिकित्सा प्रणाली, हाम्रा पूर्वजहरूले उहिलेदेखि पत्ता लगाएको चिकित्सा प्रणालीले स्थापित गरेको जीवनशैलीलाई आत्मसात् गरेको भए यस्ता महामारीको प्रभावलाई घटाउन सक्थ्यौँ । हाम्रो प्राचीन चिकित्सा प्रणालीबारे मैले भन्ने गरेको छु । उहिले तीन हजार वर्षअगाडि नै सुश्रुत संहितामा शल्यक्रियासम्बन्धी अवधारणा ल्याइएको थियो । आज आएर शल्यक्रिया भर्खर विकास भएको छ । तर, त्यसै बेला सुश्रुत संहितामा शल्यक्रियासम्बन्धी कुराहरू बताइएको छ । शल्यक्रिया त्यस बेला थियो । मुटुको अप्रेसन, कस्तो बिरामी भयो भने, के भयो भने मुटुको अप्रेसन कसरी गर्नुपर्छ भन्ने कुराहरू पनि समावेश थिए । अर्थात् तीन हजार वर्षभन्दा अगाडि हाम्रो यस भूभागमा, यस भूमिमा शल्यक्रियाको विकास भएको थियो । आयुर्वेद, जडीबुटी, ज्ञानसम्बन्धी कुराहरू हामी चरक संहितामा प्राप्त गर्न सक्छौँ । अरू अनेक विद्यामा प्राप्त गर्न सक्छौँ ।

 

हाम्रोमा हजारौँ वर्षअगाडि विश्वविद्यालयको जन्म भयो । यस हिमवत्खण्डमा विश्वविद्यालयको जन्म भएको हो । हाम्राअगाडि अहिलेसम्म पनि प्रत्यक्ष रूपमा भएका प्रमाणका रूपमा नै तक्षशीला विश्वविद्यालय छ । यहीँ पटनाको छेउको नालन्दा विश्वविद्यालयको कुरा छ । त्यस विश्वविद्यालयको पुस्तकालयमा नौ लाख पुस्तक थिएस जसलाई अन्धविश्वासको कारणले, अन्धधर्मको कारणले, धर्मान्धताको कारणले, असहिष्णुताको कारणले, सहअस्तित्वलाई अस्वीकार गर्ने कारणले, योगको अभावले जलाउने काम भएको थियो । किन जलाइयो नालन्दा विश्वविद्यालय ? किन जलाइयो तक्षशीला विश्वविद्यालय ? समाजमा योगको अभावले । योग थियो भने त्यो जल्दैन्थ्यो । असहिष्णुता र उन्माद योगसँग मिल्ने कुरा होइन । यद्यपि आज कतिपयले योगका विभिन्न पक्षको अपभ्रंश, अपव्याख्या गर्ने गरेका छन : धर्मका लागि युद्ध ठीक हुन्छ भनेर । युद्ध कुनै पनि ठीक हुँदैन । कुनै पनि मान्छे मार्नु ठीक हुँदैन । धर्म भनेको एउटा धारणा हो । विश्वासको एउटा पक्ष हो ।

 

मानवभित्र विश्वासका अनेक पक्ष हुन्छन् । ती अनेक पक्षमध्ये एउटा पक्षलाई लिएर लडाइँ गर्नु, मारामार गर्नु, भ्रमपूर्ण विश्वासका आधारमा लडाइँ गर्नु वाञ्छनीय होइन । हाम्रो प्राच्य दर्शनले भनेको ॐ शान्ति, विश्व शान्ति, जगत्, शान्ति यो सबैचाहिँ ठीक छ । यसको अध्ययनको क्षेत्र एउटा कुनै धर्ममा मात्रै कैद हुन सक्दैन । त्यहाँ आकाश शान्ति भनिएको छ । यो माथि आकाशमा फाइटरहरू नउडून् भनिएको हो । यो ठीक छ । हाम्रा पूर्वजहरूको उहिलेको दृष्टि कति दूरगामी रहेछ । फाइटर त अहिले बने तर हाम्रा पूर्वजहरू आकाश शान्ति भन्थे, कति दूरदृष्टि रहेछ । गड्याङगुडुङ यताउता नहोस् । आकाशबाट उडेर आएर हिरोसिमा नागासाकीमा बम खसेको थियो । त्यसकारण आकाश शान्ति, पृथ्वी शान्ति भने हाम्रा पुर्खाले उहिल्यै । पनडुब्बीहरू हुँदा रहेछन्, त्यहाँबाट उपद्रो मच्चाइँदो रहेछ । त्यसकारण जल समुद्र शान्ति । यी सबै शान्ति हाम्रा पूर्वजहरूले भन्थे ।

 

आज योगको महत्व बढेको छ । विश्वमा योगसम्बन्धी धेरै कुराको प्रचारप्रसार भएको छ र हाम्रो ठाउँको शिक्षा, हाम्रो ठाउँको खोज अध्ययन, आविष्कार, हाम्रो ठाउँको ज्ञानलाई हामीले सनातन भन्न सक्छौँ । एउटा धर्मविशेषमा लग्यो हामीले भने त्यसले सङ्कीर्णता ल्याउँछ । यो त शैव धर्मावलम्बीहरूको हो भन्यो भने वैष्णव र अरूअरू त्यहीँभित्र पनि अलग हुन्छन् । त्यसकारण यो धर्मसँग, धर्मको साँघुरो घेराभित्र, यो हिन्दुको, क्रिस्चियनको, इस्लामको वा अरू धर्महरूको घेराभित्र होइन । मानव जातिको व्यापकतासँग, प्रकृतिको व्यापकतासँग अन्तरिक्षको व्यापकतासँग यसको दृष्टिकोण फैलिएको छ ।

 

त्यसैकारण हाम्रा पूर्वजहरूले बिनाआग्रह गणितको विकास गरे । बिनाआग्रह औषधि विज्ञानको विकास गरे । बिनाआग्रह विभिन्न ज्ञानका विद्याहरूको विकास गरे । आश्चर्यलाग्दो विकास हाम्रा पूर्वजहरूले गरेका थिए र आज हामीले ती पुराना कुराहरूका हाम्रा सनातन ज्ञान, परम्परागत ज्ञान र त्योभित्र लुकेका ऐतिहासिकता र त्योभित्र लुकेका सत्यहरूलाई पत्ता लगाउनु र तिनीहरूलाई प्रचारप्रसार गर्नु एकदमै जरुरी छ । त्यसकारण गर्व गर्नुपर्छ कि हाम्रो देश ज्ञानमूमि, ध्यानभूमि हो । ध्यानभूमि हो, त्यसकारण ज्ञानभूमि पनि हो । तपोभूमि हो, त्यसकारण ध्यानभूमि हो । ध्यानभूमि हो, तपोभूमि हो । यो तपोभूमि हो, ध्यानभूमि हो, ज्ञानभूमि हो । त्यसकारण यो देवभूमि हो । जब तप गर्छ मान्छेले, जब ध्यान गर्छ मान्छेले, जब ज्ञान आर्जन गर्छ मान्छेले, म यहाँ ज्ञानको अर्थ मानवोचित जीवनसँग सम्बन्धित ज्ञानको कुरा गरिराखेको छु । टेक्नोलोजी (प्रविधि) मात्रै ज्ञान होइन । टेक्नोलोजी जरुरी छ तर टेक्नोलोजी मात्रै ज्ञान होइन । प्रविधि ज्ञानको एक अंश हो ।

 

ज्ञान भनेको मानवोचित जीवन, मानवोचित चिन्तन, मानवोचित व्यवहार हो । ज्ञानको आधारचाहिँ त्यो हो । नत्रभने जति जेसुकै भए पनि त्यो ज्ञानले ज्ञानको रूप लिँदैन । मैले बारम्बार भन्ने गरेको छु, विज्ञान र प्रविधिको विकास सबै मानव जातिका लागि हुनुपथ्र्यो तर दुर्भाग्यवश हाम्राविरुद्ध प्रयोग गरियो । विज्ञान र प्रविधिको विकास हाम्राविरुद्ध प्रयोग गरियो र हामीलाई पछाडि पारियो । हामीबाट उत्पत्ति भएको ज्ञानविज्ञान हाम्रैविरुद्ध प्रयोग भयो । ज्ञानविज्ञान यहाँबाट उत्पत्ति भएको हो । योग ज्ञान हो, योग विज्ञान पनि हो । योग ज्ञान, योग विज्ञान । विज्ञान तथ्यसम्मत, तर्कसम्मत, युक्तिसम्मत औचित्यपूर्ण छ । त्यसकारण यो विज्ञान हो । यसले मानवोचित जीवनका लागि प्रेरित गर्छ, मार्गदर्शन गर्छ । यसकारण यो ज्ञान हो । यसर्थ हामीबाट सुरु भएको ज्ञान विज्ञान हो । प्रविधि र विज्ञानको रूपमा जब पछिल्लो विकास भयो, त्यो हाम्रैविरुद्ध प्रयोग भयो । त्यसपछि हामीलाई पछाडि पारियो ।

 

अब समय परिवर्तन भएको छ । फेरि एसियाको समय फर्किएको छ, फेरि यस हिमवत्खण्डको समय फर्किएको छ । फेरि यस नेपाल देशको समय फर्किएको छ, जो ज्ञानभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो र देवभूमि हो । यसलाई हामी विकास गर्न सक्छौँ । हाम्रा सनातन चिन्तन, ज्ञान, ध्यान र तिनका स्रोतहरूको हामीले आज पुनस्र्थापना, पुनर्उत्थान गर्नुपर्छ । मैले थुप्रै ठाउँमा भनेको छु, नासाका कुरा गर्छन्, पुनर्जागरणका कुरा गर्छन्, जहाँ पहिलो पल्ट जागरण भएको छ । पुनर्जागरण हामीकहाँ आवश्यक छ, जहाँ १५ हजार वर्षअघिदेखि शैव दर्शनको प्रारम्भ भएको थियो । जहाँ सप्तऋषिले योगशिक्षालाई नवीकरण गरेका थिए । अर्थात्, यो भूमि त्यस्तो भूमि होस जसलाई हामीले चिन्नुपर्छ र यस भूमिप्रति गर्व गर्नुपर्छ । यस भूमिको प्रकृतिप्रति गर्व गर्नुपर्छ । जहाँ ज्ञानको उत्पत्ति हुन्छ, अनेक चिजको आविष्कार हुन्छ, त्यो अत्यन्तै महŒवपूर्ण भूमि हो ।

 

अब अहिले त दुनियाँले नपत्याउने भइसक्यो, नेपालले पनि ज्ञानका कुरा गर्ने, नेपालले पनि ज्ञानको उत्पत्तिका कुरा गर्ने भनेर । तर, हामीले गर्व गर्नुपर्छ । हामीसँग ती पूर्खाहरूको, ती ऋषिहरूको, ती महर्षिहरूको अनुवंशिक गुण छ । ती ऋषि, महर्षि भनेका प्रोफेसर हुन् । आजकाल हामी प्रोफेसर भन्ने गर्छौं । ऋषिहरू भनेका, महर्षिहरू भनेका प्रोफेसरहरू हुन् । विभिन्न समयमा विभिन्न नाम दिइन्छ । हाम्रो नेपालीमा प्राध्यापक भन्छौँ नि, त्यस्तै गरेर त्यस बेलाका जमानामा ऋषिहरू हुने गर्थे । ऋषिहरूले शिक्षा दिने गर्थे । यसका परम्पराहरू विभिन्न छन् । यी कुराहरूलाई विकास गर्न पछि अक्षरको आविष्कार भइसकेपछि र गणितको आविष्कार भइसकेपछि अत्यन्तै सजिलो भयो । त्यसैकारण औषधि विज्ञान सुश्रुत संहिता, चरक संहिता आदि इत्यादिदेखि यहाँसम्म आइपुगेको हो ।

 

म गीताको सम्बन्धमा धेरै कुरा केही भन्न चाहन्नँ । गीता द्वापर युगमा लेखिएको होइन । गीता कृष्णले नै भनेका वाणी होइनन् । त्यसभन्दा पछि रचना गरिएको कुरा हो । यो पनि उही प्रोफेसरहरू, त्यस बेलाका ऋषिहरूले रचना गरेका हुन्, विद्वान् ऋषिहरूले । रामायणमा भनिएका कुराहरू वाल्मीकिले वाल्मीकि आश्रममा बसेर रचना गरेका कुराहरू हुन् । यसमा धेरै बहसमा नजाऔँ तर केचाहिँ साँचो हो भने सुश्रुत संहिता साँचो हो । त्यो अरूले रचना गरेको होइन, सुश्रुत ऋषिले नै रचना गरेका हुन् । अष्टाङ्गयोग पतञ्जलिले नै रचना गरेका हुन् । चरक संहिता महर्षि चरक र सिद्धान्त शिरोमणि भाष्कराचार्यले नै रचना गरेका हुन् ।

 

मैले त धेरै ठाउँमा भनेको छु, हाम्रो इतिहास लुकेको छ । हाम्रो इतिहास दबेको छ । हाम्रो इतिहास दबाइएको छ । तर, विज्ञानका साह्रै महŒवपूर्ण कुराहरू जसले आजको संसारलाई अगाडि बढायो, त्यो कुराको प्रारम्भ यहाँ भएको थियो । गणितको प्रारम्भ यहाँ भएको थियो । ज्योतिषको प्रारम्भ यहाँ भएको थियो । ज्योतिषाचार्य भाष्कराचार्य नामका ज्योतिष गुरु उहाँले ग्राभिटेसनको (गुरुत्वाकर्षण) को थ्योरी पत्ता लगाउनुभएको थियो । हामी त्यो ठाउँका मान्छे हौँ र हामीले ती पूर्वजहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्छ । उहाँहरूको आदर्शबाट सिक्ने र उहाँहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्छ । जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्छ । आजको योग दिवसले हामीलाई यी कुराहरूको प्रेरणा देओस् । यस योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् । म सबैमा यही शुभकामना भन्न चाहन्छु । (योग दिवसमा प्रधानमन्त्री ओलीले दिएको मन्तब्य)

 

धेरै–धेरै धन्यवाद !


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 5 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 5 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।