योगेश भट्टराईले लिए सपथ, अरू नयाँ मन्त्री भित्रिने सम्भावना कति ?

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जुझारु, बौद्धिक र युवा नेताको रुपमा परिचित योगेश भट्टराई अन्ततः सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीबाट केही समयअघि मात्रै सपथ समेत लिइसकेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको निर्वाचनताका प्रचारप्रसारको क्रममा भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पुगेर उनलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा आफ्नो भएको बताएका थिए । ओलीको यस्तो दाबीका बाबजूद भट्टराईलाई मन्त्री नियुक्त हुन भने करिब डेढ वर्ष समय लाग्यो ।

 

गत फागुनमा ताप्लेजुङमै भएको हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको खाली स्थानमा यतिबेला भट्टराई आइपुगेका छन् ।

 

मन्त्री अधिकारीको निधनपश्चात् खाली रहेको पर्यटन मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राखिरहेका थिए । भट्टराईको नियुक्तिसँगै पर्यटन मन्त्रालयले पाँच महिनापछि बहालवाला मन्त्री पाएको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा सरकारलाई पर्यटन मन्त्रालयमा मन्त्री नियुक्त गर्नुपर्ने दबाब आफ्नो ठाउँमा थियो । त्यसका अलावा सरकार निरन्तर आलोचनाको भूमरीमा फँसिरहेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठनकै चर्चासमेत व्यापक चलिरहेको थियो ।

 

दबाब र चर्चाको बीचमा रिक्त मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको निर्णयले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना फेरि केही समय धकेलिन सक्ने अनुमान समेत राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

 

विद्यालयदेखि नै राजनीति 

 

पर्यटनमन्त्रीमा नियुक्त भट्टराई पार्टीमा विद्यालयकालदेखि जोडिएका व्यक्ति हुन् । वि.सं. २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा जन्मिएका भट्टराई १४ वर्षकै उमेरमा अनेरास्ववियूको विद्यालय प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिक जीवनको सुरुवात गरेका थिए ।

 

विद्यालयको प्रारम्भिक कमिटीबाट राजनीति सुरू गरेका उनी २०५१ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्षसमेत भए । २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ६ बाट पराजित भएका भट्टराई गत २०७४ सालको चुनावमा भने आफ्नै जन्मथलो ताप्लेजुङबाट विजयी भएका थिए ।

 

उनले तत्कालीन नेकपा एमालेको प्रचार विभाग प्रमुख भएर समेत काम गसिकेका छन् । पार्टीभित्र उनी हालको संस्थापन धारइतर नेताको रुपमा चिनिन्छन् । तत्कालीन नेकपा (एमाले) विभाजित हुँदा उनी वामदेव गौतमले नेतृत्व गरेको नेकपा (माले)को राजनीतिमा थिए ।

 

सटीक, स्पष्ट र तार्किक टिप्पणीका लागि सर्वसाधारण तथा कार्यकर्ताहरूले भट्टराईको अभिव्यक्तिलाई सुन्ने गर्दछन् । समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका भट्टराईको सरकार प्रवेशले सकारात्मक प्रभाव छाड्ने आश गरिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

  • 2 minutes ago
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

  • 22 minutes ago
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 25 minutes ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।