पर्यटनमन्त्री भट्टराईको सम्भावनासँगै जोडिएका चुनौती
- सिवी अधिकारी
- शुक्रबार, १७ साउन, २०७६
- 3 years ago
- राजनीति


काठमाडौँ । ‘म परिणाम देखिने गरी काम गर्छु’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । वि.सं. २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए ।
आफ्ना प्रतिबद्धतामा निरन्तर खटिएकै कारण पर्यटन क्षेत्रमा सकारात्मक परिणाम पनि देखिए । त्यसले गर्दा आज सम्झना र सम्मानयोग्य पर्यटनमन्त्रीको छाप छोड्न सफल भए । पर्यटनकै गतिविधिमा लागेकै बेला मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनमा निधन भएको थियो ।
पाँच महिनाको अन्तरालपछि मुलुकले अर्का आशलाग्दा जुझारु पर्यटनमन्त्री पाएको छ । बुधबार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पदभार ग्रहणका क्रममा भन्दै थिए, ‘चुनौतीका चाङलाई चिरेर मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेगरी काम गर्छु ।’ तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको दुःखद् निधनले असल युवा राजनीतिकर्मी र घनिष्ठ मित्र गुमाएको स्मरण गर्दै उनले परिस्थिति र घटनाक्रमले अधिकारीको कुर्सीमा उनको उत्तराधिकारीका रुपमा आफू आइपुगेको बताए ।
मन्त्री अधिकारीले थालेका अधुरा कामलाई सफल पार्नु मन्त्री भट्टराईको जिम्मेवारीसँग जोडिएका चुनौती हुन् । यतिखेर पर्यटन क्षेत्रमा अवसरका चाङ त छन् नै, चुनौतीका पहाड पनि त्यतिकै छन् । मन्त्री भट्टराईका सामु मुख्य चुनौती भनेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को साख जोगाउनु र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु हो ।
निगमको जीर्ण अवस्थालाई सुधार गर्नु निकै चुनौतीपूर्ण छ । निगममाथि तीता टिप्पणी भइरहेको अवस्थामा त्यसको विश्वसनीयतालाई माथि उठाउने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टराईले ‘वाह ! नेपाल एयरलाइन्स भन्ने’ बनाउने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । निगमको आर्थिक सङ्कट निवारण, व्यवस्थापन सुधार अपरिहार्य छ । भ्रमण वर्षलाई लक्षित गरी विमान थप्नु र भएका विमानलाई प्रभावकारीरूपमा सञ्चालनमा ल्याउनु मुख्य जिम्मेवारी हुनेछ । अन्य आन्तरिक विमानस्थलको सुदृढीकरण, विस्तार गरी निजी सहयोगी संस्थासँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रु. २४ अर्ब ऋणमा गत वर्ष खरीद गरिएका दुईवटा वाइडबडी जहाजलाई लामो गन्तव्यमा व्यावसायिक उडानमा लैजानु कम चुनौतीपूर्ण छैन । दुई पटकको किस्ता रकम निगमले तिर्न सकेको छैन । निगमले जापानको ओसाका र नारितामा भदौको दोस्रो सातादेखि उडान थाल्दैछ । छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडानका लागि प्रयास गरेको भए पनि अझै सफलता हात परेको छैन । साउदी अरब र दक्षिण कोरियामा पनि उडानको पहल भइरहेको छ ।
चीनबीच अहिलेसम्म पनि दोहोरो हवाई उडान हुन सकेको छैन । हालै चीनसँग नेपाल सरकारले द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन गरेको छ । द्विपक्षीय सम्झौतामा पहिले भएको ७० उडानको सम्झौतालाई पुनरावलोकन गरी ९८ पुर्याइए पनि नेपालले त्यसबाट लाभ लिन सकेको देखिन्न । चीनको ग्वाञ्जाओ उडानका लागि निगमले पहल गरेको भए पनि चिनियाँ पक्षले निगमको सेफ्टी अडिट पछि मात्र निर्णय दिने भनेको छ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न गन्तव्यमा उडानको पहल गरिरहेको छ । चीनको ग्वाञ्जाओमा सुरुवाती उडान गरी अन्य १५ वटा विमानस्थलसम्म नेपाली जहाज पुर्याउने चुनौती मन्त्री भट्टराई सामू छ ।
मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजना प्रगतिउन्मुख छन् । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक सञ्चालनमा ल्याउनु, बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीब्र गति दिनु मन्त्री भट्टराईका सन्निकट चुनौती र अवसर हुन् । एक वर्षअघि रवीन्द्र अधिकारीले जिम्मेवारी सम्हालेपछि यी दुवै आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका थिए । गौतमबुद्ध विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत छ । आगामी सन् २०२० को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा काम भइरहेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावकारीरुपमा अघि बढेको छ । निर्धारित समय सन् २०२१ अघि नै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । मुलुकको एकमात्र त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको इतिहासमै पहिलोपटक धावनमार्ग पूर्णरुपमा स्तरोन्नति गर्ने ‘रनवे रिह्याब’ को काम एक महीनाअघि सकिएको छ । निर्धारित तीन महीनाको अवधिमा यो काम पूरा भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा परिणत गर्ने गरी सुधारका काम धमाधम भइरहेको छ । भूकम्पबाट क्षति भएका महत्वपूर्ण पर्यटकीय सम्पदाको पुनःनिर्माणको काम सकिसकेको छ । धरहरा, रानीपोखरीलगायतका बाँकी महत्वपूर्ण सम्पदाको निर्माणको काम भइरहेको छ । मन्त्री भट्टराईले पर्यटनमा देखिएका चुनौतीलाई जित्दै सफलता हासिल गर्न सरोकारवालासँग छलफल गरेर अघि बढ्ने प्रण गरेका छन् । एक/दुई दिनमै मन्त्रालयको कार्ययोजना ल्याउने बताएका उनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने प्रतिबद्धता जनाएका छन् ।
अबको चार महिनामा भ्रमण वर्ष अभियान सुरू हुँदैछ । भ्रमण वर्ष अभियान मनाएर २० लाख पर्यटक भित्र्याउने महत्वकाङ्क्षीय योजना कम चुनौतीपूर्ण छैन । मन्त्री भट्टराईको काँधमा पहिलो चुनौती भ्रमण वर्ष नै बन्नेछ । चुनौतीलाई अवसरमा परिणत गर्नु नै ठूलो सफलता हो । त्यही आत्मविश्वासका साथ मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाएरै छाड्ने उद्घोष गरेका छन् । भ्रमण वर्षको लक्ष्य पूरा गर्न मन्त्रालयको सम्पूर्ण शक्ति सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।
युरोपेली सङ्घको कालोसूचीबाट नेपाललाई हटाउनु अर्को चुनौती छ । सन् २०१३ देखि नेपालको हवाई क्षेत्रबारे सुरक्षा सुरक्षा चासो जनाउँदै कालोसूचीमा समावेश गरिएको छ । सोही कारण निगमका वाइडबडी जहाजले लामा गन्तव्यमा उडान भर्न कठिनाइ भइरहेको छ । युरोप तथा एशियाका विकसित मुलुक चीन, दक्षिण कोरिया, जापानलगायत मुलुकका हवाई गन्तव्यमा सिधा उडान गर्न निमगलाई हम्मे परेको छ । मुलुकको हवाई सुरक्षालाई चुस्त बनाउन, पूर्वाधार विस्तार, कानून निर्माण तत्कालै गर्नुपर्ने काम हुन् ।
यति मात्र होइन, विश्व सम्पदाको संरक्षण र पुनःनिर्माणलाई विशेष ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ । मुलुकको सङ्घीयता अनुकूल पर्यटनलाई विस्तार गर्नु, पर्यटकीय गन्तव्यको विकास प्रवर्द्धन तथा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सेवा सुविधामा गुणस्तर कायम गर्नु पनि कम चुनौतीका विषय होइनन् । मुलुकको हवाईसेवा प्रदायकको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा स्थापित गर्नु, सरकारले घोषणा गरेका १०० गन्तव्यको प्रवर्द्धनलगायतका कामलाई खातिर गर्नुपर्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 41 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 52 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।