‘आजको दिनमा हाम्रो प्रतिद्वन्द्वी पार्टी नेपाली काँग्रेस हो’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नेकपा एमालेका सचिव तथा दशौ राष्ट्रिय महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले नेकपा एमाले विशाल महासागर भएको वताउनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार संयोजक भट्टराईले नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरुलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका एमाले अघि बढिरहेको बताउनुभयो ।   नेकपा एमालेमा अब दशबुँदे र पूर्वमाओवादी होइन, यो सबै विचारधाराहरुको महासागरका रुपमा एकताबद्ध भएको बताउनुभएको छ । महाधिवेशनको अन्तिम तयारीमा जुटिरहेको व्यस्त समयमा नेता भट्टराईसँग मोहन बास्तोलाले गरेको कुराकानीः  

 

नेकपा एमालेको दशौँ महाधिवेशनको सन्मुखमा हुनुहुन्छ । तयारी के–के भैरहेको छ ? 

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० गते उद्घाटन हुँदैछ । यो महाधिवेशनको काम अन्तिम तयारीमा पुगेको छ । अहिले महाधिवेशनस्थल चितवनबाटै टेलिफोनमार्फत अन्तवार्ता दिइरहेको छु । यहाँ सम्पूर्ण तयारीको अवलोकन गर्दा मञ्च व्यवस्थापन, बन्दसत्रको हल निर्माण, प्रतिनिधिनिहरुको आवास, खानालगायतका कामहरुको तयारी अन्तिम तयारीमा पुगेको छ । देशभरिबाट चितवन आउने क्रम सुरु भएको छ ।  १० गते पाँच लाख भन्दा बढी जनसमुदायको उपस्थिति चितवनमा हुन्छ । हामी त्यसको सम्पूर्ण तयारीमा जुटेका छौँ ।  

 

प्रचारको काम विगतका महाधिवेशन भन्दा फरक ढंगले भैरहेको छ भनिएको छ । फरक कस्तो खालको हो ? 

प्रचारको कामलाई हामीले विगतमा जस्तो पोष्ट, भित्तेलेखनबाट होइन कि डिजिटल प्रविधिका माध्ययमबाट गरेका छौँ । हाम्रो पार्टी र पार्टी समर्थक साथीहरुका सामाजिक सञ्जाललाई पनि हामीले प्रचारका लागि यो पटक प्रयोग गरेका छौँ । महाधिवेशनलाई नै केन्द्रित गरेर डकुमेन्ट्री र छोटा–छोटा भिडियोहरु, पार्टीको तर्फबाट दैनिक समाचार बुलेटिन, पार्टीको फेसबुक पेजबाट महाधिवेशन केन्द्रित गरेर महाधिवशेनबारे अपडेट गराउने उद्देश्यले विभिन्न नेता कमरेडहरुको लाइभ अन्तर्वार्ता जस्ता काम हामीले गरेका छौँ ।  विभिन्न सञ्चारमाध्ययमबाट महाधिवेशनको सन्देश दिने, देशका विभिन्न सहरमा डिजिटल डिस्प्लेमार्फत पनि सन्देश दिने काम पनि गरेका छौँ ।  

 

नेकपा एमालेले कठिन परिस्थितिमा महाधिवेशन गर्दैछ । यस्तो बेलामा महाधिवेशनमार्फत एकताबद्ध एमालेको सन्देश दिनुपर्ने चुनौति पनि छ । यो सन्दर्भमा के–कस्तो व्यवस्थापन गरिरहनु भएको छ ? 

यो महाधिवेशनले नेकपा एमालेलाई नयाँ जीवन दिन्छ । नेकपा एमालेको पुनर्जागरण हुन्छ । सबैलाई जानकारी नै भएको कुरा हो । हामीले महाधिवेशनमार्फत पार्टीको नीति र कार्यदिशा सर्वसम्मत ढंगले अगाडि ल्याएको छौँ । जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्ने नीति अगाडि बढाएको छौँ । यो आजका दिनमा कम्युनिष्ट पार्टीका लागि विकसित कार्यदिशा हो । यो कार्यदिशामा हामी एकमत छौँ । त्यो कार्यदिशाको आधारमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न हामीले आगामी निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउनुपर्छ र सरकार बनाउनुपर्छ । 

 

यो महाधिवेशनले त्यो संकल्प पूरा गर्ला त ?

हामी, त्यो संकल्प पूरा गर्ने गरी अघि बढ्छौँ अर्थात यो जागरण पैदा गर्छौ । यो महाधिवेशनमा सहभागी हुने २२ सय भन्दा बढी प्रतिनिधि एउटै हलमा बसेर एउटै स्वरले यो प्रतिवद्धता व्यक्त गर्दै चितवनबाट फर्किने छौँ । अस्ति मात्रै सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व चयनका निम्ति सबै नेताहरुले समझदारी अपनाउने, एकतावद्ध भएर जाने, सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका निम्ति कोशिस गर्ने भनेर छलफलल गरेका छौँ । 

 

अहिले नेकपा एमाले एकातिर र अरु राजनीतिक दल अर्कोतिर छन् । यस्तो बेलामा तपाईँहरु आगामी निर्वाचनसँगै देशको ठूलो राजनीतिक दल बन्नुपर्ने ठूलो चुनौति छ । यो महाधिवेशनले त्यसको आधार तयार गर्ला भन्ने कत्तिको अपेक्षा गर्न सकिन्छ ? 

 

नेकपा एमालेको विरुद्धमा बनेको गठबन्धनले केही पनि फरक पर्दैन । नेकपा एमाले एक्लै ५० प्रतिशत भन्दा बढी जनमतलाई कमाण्ड गर्ने लोकप्रिय पार्टी हो । नेकपा एमाले बाहेकका अन्य दलले ५० प्रतिशत कमाण्ड गर्छन् । त्यसैले नेकपा एमाले सबैभन्दा ठूलो र लोकप्रिय दल हो ।  यो महाधिवेशनले थप ऊर्जा पैदा गर्छ र नेकपा एमालेको विरुद्धमा नियोजित षडयन्त्रका साथ खडा भएको गठबन्धनका नियत र उद्देश्यलाई भण्डाफोर गर्दै नेकपा एमालेलाई अझ वैचारिक, जागरुक, सुस्पष्ट र एकताबद्ध बनाएर आगामी चुनौतिहरुलाई सामना गर्दै अघि बढ्छौँ ।  

 

अहिले नेकपा एमालेमा नेकपा माओवादीबाट आउनु भएका र १० बुँदेको आधारलाई पनि समेटेर एकताबद्ध बन्नुपर्ने अवस्थालाई चाँहि व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

 

यो नेकपा एमाले भनेको विशाल महासागर हो । यो हिन्द महासागर हो, यो प्रशान्त महासागर हो । यो महासागरमा सबै खालका खोलानाला मिसिन्छन् र त्यो महासागरले ती खोलानालालाई तँ मसँग नमिसिई भन्दैन । महासागरमा पुगेर कुनै पनि खोलाको अस्तित्व भेटिन्न  । त्यहाँ त्यो विलय हुन्छ । नेकपा एमालेभित्र पनि सबै विचारधाराहरु नेकपा एमालेको महासागरभित्र एकताबद्ध हुन्छन् । १० बुँदे वा माओवादी होइन नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरुलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ ।  

 

दशौँ महाधिवेशनले सर्वसम्मत नेतृत्व छनोट गरेर सकारात्मक सन्देश देला भन्ने कत्तिको अपेक्षा गर्न सकिन्छ ? 

 

यसमा म धेरै आशावादी छु । अहिले हाम्रो पार्टीमा प्रतिनिधिको छनोट हुँदा नै तल्लो तहदेखि नै जुन ढंगको सहमति भयो,  त्यसले केन्द्रीय नेतृत्व पनि  सहमतिमा निर्माण हुनसक्छ भन्ने पार्टीमा आत्मविश्वास पलाएको छ । पार्टीको सम्पूर्ण नेतृत्व तह यसमा गम्भीर छ । हामी कोशिस गर्छौं ।  

 

तपाईँहरुले महाधिवेशन सम्पन्न भएसँगै स्थानीय तहको निर्वाचनमा जानुपर्ने छ । त्योसँगै प्रदेश र केन्द्रका निर्वाचनमा जानुपर्छ । तपाईहरुले लिएर जाने एजेण्डा महाधिवेशनको मैझारोपछि कत्तिको सशक्त भएर अघि बढ्ला ?

 

नेकपा एमालेको नीति, विचार र कार्यदिशा सही छ ।  यसले अबको दिनमा नेपाली समाजलाई समाजवादतिर अघि बढाउँछ । यसले समाजवादको लक्ष्य बोकेको छ ।  यो प्रष्ट विचार छ । यो आम नेपाली जनताको बीचमा लोकप्रिय विचार हो । विगतमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेदेखि केपी ओली नेतृत्वको सरकार बनेसम्म हामीले लोकप्रिय काम गरेका छौँ ।  विकास निर्माणका काम गरेका छौँ ।  ती कतिपय काम सम्पन्न हुन बाँकी छन् । हामी जनताको बीचमा पुगेर यी काम सम्पन्न गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा एमालेलाई साथ दिनुहोस्, यो नेकपा एमाले नेतृत्वको सरकारबाट मात्रै संभव छ । त्यसैले यो निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिनुहोस् भन्ने छौँ ।  

 

दोस्रो, कुरा नेपालमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै आत्मनिर्भर देश बनाउने दिशामा नेकपा एमाले छ भन्ने सन्देश आम नेपालीलाई दिन्छौँ ।  

 

तेस्रो, नेपाल लामो समयसम्म विदेशी शक्तिराष्ट्रको अगाडि कमजोर सावित हुँदै आयो ।  पछिल्लो कालमा नेकपा एमालेको नेतृत्वको सरकारपछि हामी विश्व समुदायमा ठाडो शिर लगाएर नेपालको सानका साथ हामी प्रस्तुत हुन सकेका छौँ । त्यसैले अन्तराष्ट्रिय र छिमेकीहरुको सम्वन्धलाई सुदृढ र सन्तुलित गर्ने काम पनि नेकपा एमालेले गर्छ भनेर हामी जनतालाई भन्ने छौँ । 

 

चौथो, यो देशमा जातीय, सामाजिक र लैङ्गिक विभेद छन् ।  ती विभेदलाई अन्त गर्दै समतामूलक र न्यायमूलक समाजको निर्माण गर्ने कामको अगुवाई नेकपा एमालेले गर्छ भन्ने कुरा स्पष्ट गर्छौ । 

 

आजको दिनमा हाम्रो प्रतिद्वन्द्वी पार्टी नेपाली काँग्रेस हो । तर, विगतमा पटक–पटकका परीक्षाहरुबाट नेपाली काँग्रेस असफल भएको तथ्य सबैका सामू छर्लङ्ग छ । हामी यी एजेण्डा लिएर जनताको बीचमा जान्छौँ । 

 

हामी मंसिर महिनाको १२ गतेसम्म महाधिवेशनको मिशनमा केन्द्रित हुन्छौँ । महाधिवेशन सम्पन्न गरेर चितवनबाट फर्केपछि नेकपा एमालेको अर्जुन दृष्टि आगामी चैतमा हुने स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन्छ ।  

 

अन्त्यमा केही भन्नु छ ?

 

भोलि नै हाम्रो महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाटनको अवसरमा देशभरिबाट कार्यक्रममा सहभागी हुन आउनु भएका, आउन लाग्नु भएका र आउँदै गर्नुभएका पार्टीका सम्पूर्ण कमरेडहरु, समर्थक, शुभेच्छुक सबैलाई चितवनमा हार्दिक स्वागत गर्दछु । यहाँ आउन लाग्नु भएका कमरेडहरुको पनि शुभयात्रा भन्न चाहन्छु ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 35 seconds ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

  • 7 minutes ago
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 18 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।