यस्ता भिडियो हटाउँदै युट्युब

एजेन्सी । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । 

 

युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युबका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो ।

 

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो ।  

 

युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।”

 

स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाई छ । गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युबको ठम्याई छ ।  

 

कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युबका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 4 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 4 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 4 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।