युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी
- मंगलबार, ४ माघ, २०७८
- 4 months ago
- राजनीति

काठमाडौं । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ ।
पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् ।
युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकारी गराइसकेका छन् ।
उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे, तिरण गौतमलगायत तीन दर्जन नेताहरुले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जनसंगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका छन् ।
फागुन ११ गते महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हाबी भएपछि विवाद उत्पन्न भएको थियो । नागरिक दैनिक
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 12 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
- 1 hour ago

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहा
कञ्चनपुरको भीमदत्त र पुर्नवासमा कांग्रेस विजयी
- 1 hour ago

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार म
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।