जी न्यूजको रिपोर्टमा सरकार मौन रहेको भन्दै ध्यानाकर्षण गराउन मालेको माग
- बिहीबार, १ माघ, २०७७
- 6 days ago
- राजनीति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी–लेलिनवादी (माले)ले भारतीय टेलिभिजन जी न्यूजले हालै प्रशारण गरेको सगरमाथा सम्बन्धी रिपोर्टमा आपत्ति जनाएको छ । नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट भएको अनर्गल प्रचारको मालेले कडा विरोध गरेको हो ।
मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गर्दै राष्ट्रियताको यस्तो संवेदनशील विषयमा सरकार मौन रहेकोप्रति प्रश्नसमेत गरेका छन् । यस विषयमा सरकारले भारत सरकार समक्ष आपत्ति जनाउँदै ध्यानाकर्षण गराउन माग गरेका छन् ।
जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका थिए । त्यसपछि सगरमाथा आधार शिविरमै पुगेर सगरमाथालाई ‘माउन्ट सिकदर’ नाम दिनु पर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नु पर्ने भन्दै रिपोर्ट बजाएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 14 minutes ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 20 minutes ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 23 minutes ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।