Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएः मन्त्री गुरुङ

सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएः मन्त्री गुरुङ


काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन्। बिहीबारको राष्ट्रियसभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन्। लोकतन्त्रपछि समान्तवाद ढल्यो भनेर बसिए पनि त्यसले फेरि शिर उठाएको उनले उल्लेख गरे।

‘हामी त लोकतन्त्र आएपछि सामन्तवाद ढल्यो भन्नेमा थियौँ। तर, मिटरब्याजका नाममा सामन्तवाद जरा गाडेर बसेको रहेछ,’ मन्त्री गुरुङले भने, ‘तर पनि म मन्त्री पीडितको पक्षमा उभिनैपर्छ। राष्ट्रियसभा पीडितको पक्षमा उभिनैपर्छ। सिंगो देश र सरकार पीडितको पक्षमा उभिन्छ।’

राष्ट्रियसभामा उत्पत्ति हुँदा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अध्यादेश प्रतिस्थापनका रूपमा आएपछि प्रक्रियामा भएको ढिलाइलाई प्रतिनिधिसभाले विधेयकका रूपमा पारित गरेको उनले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले

सबैभन्दा धेरैं रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक सम्मानित भएको

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बाबुराम…

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

चुनाव हारेका मिलन लिम्बु भन्छन्ः साग पसल खोल्छु, राजनीति गर्छु

काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोलेर काम

Techie IT