Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकाङ्ग्रेससँग मिलेर सरकार गठनका एमाले तयार छः हिक्मत कार्की

काङ्ग्रेससँग मिलेर सरकार गठनका एमाले तयार छः हिक्मत कार्की


विराटनगर। कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका कार्कीले यस्तो बताएका हुन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे। देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए।

‘प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं। हामी ओपन छौं,’ कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ। बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ। तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन।’

उनले नेकपा एमाले पनि बहुमत पुर्‍याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ

सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छः…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि

नेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ: नेता गुरुङ

काठमाडौँ । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन्

गण्डकीको संसद बैठक २३ गते बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत…

पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिनका लागि २३ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

Techie IT