Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन तस्करीमा संलग्नता देखिए ममाथि पनि कारबाही होस्ः वर्षमान पुन

सुन तस्करीमा संलग्नता देखिए ममाथि पनि कारबाही होस्ः वर्षमान पुन


काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा संलग्नता देखिए आफूमाथि कारबाही हुनुपर्ने बताएका छन्। सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा विशेष समय लिएर बोलेका पुनले यस्तो बताएका हुन्।

पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारे। आफ्नो गृहजिल्ला रोल्पाको थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए।

सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे। उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए।

उनले सुन तस्करीबारे छानबिनका लागि संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाई छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताउँदै त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११ः३० बजेका

सिटिजन्स लाइफले प्रिमियममार्फत् उठाएको पैसाबाट लाभांश दिने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयरमार्फत् प्रिमियमा उठाएको पैसाबाट लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको

संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलतः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

Techie IT