Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी

कोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी


काठमाडौँ। कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनले दाबी गर्ने तयारी गरेको छ। प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको हो।

नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि सभामुखलाई राजीनामा दिन लगाउन लागिएको हो।

प्रदेश प्रमुखले दिएको समयको अन्तिम सत्ता गठबन्धनले सरकारमा दाबी गर्ने तयारी गरेको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलकी ५ बजे सकिंदैछ। गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेस गर्ने तयारी भइरहेको छ।

गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन। तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापालाई नै अघि बढाउने सहमति भएको बताइएको छ।

यसअघि असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौँ । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा नेम्वाङ २७

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

Techie IT