Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिस्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण


काठमाडौँ । नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ ।

कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहने छ ।

जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषय, स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता स्थानीय तह सञ्चालनसम्बन्धी निर्देशिका तथा अन्य कार्ययोजनाका विषयमा प्रशिक्षण दिइनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

धनुषा । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेस प्रदेशका प्रदेश प्रमुख

Techie IT