Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमैले संसदीय मर्यादा उल्लंघन गरेको छैनः माओवादी सांसद दाहाल

मैले संसदीय मर्यादा उल्लंघन गरेको छैनः माओवादी सांसद दाहाल


काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाबी गरेका छन्। शुक्रबार नेकपा एमालेको अवरोधको कारण संसद स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले सो दाबी गरेका हुन्।

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद दाहालले
‘पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए। सोही अभिव्यक्तिलाई लिएर एमालेले शुक्रबार संसद बैठक अवरुद्ध गरेको छ। दाहालले संसदीय मर्यादा विपरित अभिव्यक्ति दिएकाले माफी माग्नुपर्ने एमालेको माग छ।

तर, दाहालले भने आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाबी गर्दै भने, ‘मैले शिष्टतापूर्वक माननीय केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको हुनाले मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन।’

त्यस्तै, उनले जलहरी जलहरी राख्ने क्रममा बदमासी भएको बारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग समेत गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT