Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन प्रकरणमा माओवादी वा अन्य कुनै दलको नेता हुँदैमा कोही उम्कन्नः गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणमा माओवादी वा अन्य कुनै दलको नेता हुँदैमा कोही उम्कन्नः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका माओवादी वा अन्य कुनै पार्टीमा संलग्न हुँदैमा तथ्य र प्रमाण भेटिएमा नबच्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, ‘तथ्य प्रमाणले दोषी देखाएमा माओवादी वा कुनै पार्टीमा संलग्न हुँदैमा छुट्दैन। नेपाल सरकारको गृहमन्त्रीका हैसियतले जनप्रतिनिधिको थलो संसद्मा बोल्दैछु।’

नक्कली भुटानी शरणाथी प्रकरणमा सरकारले अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानुपर्छ जाने, निष्पक्ष ढंगले कानुनी प्रक्रिया अगाडि बढाउने सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए।

‘कसैलाई लागेको आधारमा होइन, तथ्य र प्रमाणका आधारमा काम गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम

काठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

Techie IT