Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिस्वदेश फर्किएलगत्तै माधव नेपाल भन्छन् – बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा सहयोगी भूमिका रहन्छ

स्वदेश फर्किएलगत्तै माधव नेपाल भन्छन् – बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा सहयोगी भूमिका रहन्छ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन् ।

स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् । अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताउँदै आफू चुनौतीको सामना गर्न तयार रहेको नेपालले प्रस्ट पारे ।

‘बालुवाटार प्रकरणमा केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’ उनले भने ‘केहीकेहीले त माधव नेपाल भागे लुकेर बसेका छन् पनि भने । ममा फर्किने हिम्मत छैनसम्म भने । म बोल्दिन चुनौतीको सामना गर्छु । बोलेपछि तह लगाएर बस्छु ।’

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने भएका छन् ।

अदालतले आदेश दिएको भोलिपल्ट नै अध्यक्ष नेपाल विदेश भ्रमणमा निस्किएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको आलोचना समेत गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

सुहाङले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले

Techie IT