गृहपृष्ठ ∕ राजनीति ∕ गण्डकी प्रदेशसभा बैठक बस्दैगण्डकी प्रदेशसभा बैठक बस्दै नेपालीपत्र मंगलबार, २०८० साउन ३० गते, ०९:५६ मा प्रकाशित राजनीति गण्डकी । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन् । #गण्डकी प्रदेशसभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्तधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal