Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ – अध्यक्ष लिङ्देन

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ – अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने टुंगो भएसँगै करोडौं रकमको प्रस्तावको चलखेल भएको आशंका गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रदेश सांसदहरुको घरदैलोमा गएर मन्त्री र रु १० करोडसम्मको प्रस्ताव गरेको हल्ला राजधानी काठमाडौँसम्म आइपुगेको बताएका हुन् ।

उनले सााजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ – ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला ktm सम्मै आइपुग्यो त ।’

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन संकट रहेको छ । यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेकै कारण पदमुक्त भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संसदमा कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः मेरो लागि प्रधानमन्त्रीको अफर आएको थियो…

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले नेपाली कांग्रेसलाई प्रश्न गर्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बोल्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बोलिरहेका छन् । यसमा कांग्रेसलगायत विपक्ष

संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन

काठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन । बिहानैदेखि

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन सर्वोच्चमा उपेन्द्रको…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७

शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९

नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको

Techie IT