गृहपृष्ठ ∕ राजनीति ∕ लगातार संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गयोः सभामुखलगातार संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गयोः सभामुख नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, १३:२३ मा प्रकाशित राजनीति काठमाडौँ। सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा नकारात्मक सन्देश गएको बताएका छन्। आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुसँगको छलफलमा उनले लगातार संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गएको बताएका हुन्।बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन्।बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए। तर प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्ता पक्ष त्यसमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको बताए।यसले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै उनले दलहरु गम्भीर हुनुपर्ने बताए। #देवराज घिमिरे #सभामुखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूराकाठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासोकाठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्नेकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा सरकारले गर्यो ६ सचिवको सरुवाकाठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम…काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयकाठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको होधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ७ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकालThe Film Nepal