Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी


काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी छन् ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज ५२

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ…

काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

कोशीमा प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाए

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् । नेपाल

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीद्वारा दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । कार्कीले माओवादी केन्द्रको

Techie IT