Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेश उपसभामुख काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित, संकटमा सरकार

कोशी प्रदेश उपसभामुख काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित, संकटमा सरकार


विराटनर । उपसभामुख सिर्जना दनुवार स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् ।

सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ ।

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५)को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

प्रदेशसभा सदस्यको अंक गणितका कारण उपसभामुखले सभा सञ्चालन नगरेको अवस्थामा अध्यक्ष मण्डलमा रहेका एमाले या राप्रपाका प्रदेशसभा सदस्यहरूले सभा सञ्चालन गरे मात्रै थापाले विश्वासको मत प्राप्त गर्नेछन् ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थापासँग ४७ सदस्य छन् । ४७ मध्ये अध्यक्ष मण्डलमा रहेका कसैले सभा सञ्चालन गर्नुपरे उनलाई ४६ जनाले मात्रै विश्वासको मत दिन पाउने छन् । उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलाएनको अवस्थामा

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य

Techie IT