गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नेता अनुपस्थितराष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नेता अनुपस्थित नेपालीपत्र मंगलबार, २०८० भदौ ५ गते, १०:४० मा प्रकाशित राजनीति काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।सरकारले प्रतिपक्षसँग छलफल गरिरहेको अवस्थामा राष्ट्रपतिले बैठक राखेर कानुनी हिसाबले उपयुक्त नरहेको र अनावश्यक सक्रियता देखाएकाले एमालेकबाट बैठकमा कोही नजाने सचेतक महेश बर्तौलाले नेपालीपत्रलाई बताए ।उनले भने , ‘हामी निरन्तर सरकारसँग छलफलमा छौं । आज पनि बैठक बस्दैछौं । राष्ट्रपतिले एजेण्डा राखेर बैठक बोेलाउने कुरा गलत हो । सर्वदलीय बैठक राष्ट्रपतिकोमा होइन सरकारसँग हुन्छ ।’सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार…नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु दीपक मनाङेको सांसद पद खारेजकाठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयोकाठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ । इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रहकाठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारोभोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि इच्छाअनुसार सन्तान जन्माउन दम्पती अनिच्छुक: संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकाठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत विश्वभरका लाखौं दम्पती इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक देखिएको जनाएकोधेरै पढिएका खबर १ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव २ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ३ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ४ शङ्कर पोखरेल बेलायतमा ५ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु ६ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ७ अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचितThe Film Nepal