Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाधव नेपालले देखाए एमाले र एकीकृत समाजवादीबीच ७ भिन्नता

माधव नेपालले देखाए एमाले र एकीकृत समाजवादीबीच ७ भिन्नता


काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

बालकुमारीस्थित एक पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्।

उक्त प्रतिवेदनमा उनले एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गर्दै एमालेभन्दा सात कारणले आफ्नो पार्टी फरक रहेको दाबी गरेका छन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको हिसावले हेर्दा हामीले तत्कालीन नेकपा एमालेको नेतृत्व गुटमा देखापरेको दक्षिणपन्थी बिसर्जनवादका विरुद्ध विद्रोह गरेका थियौँ। त्यस दक्षिणपन्थी विसर्जनवादी गुटसँग हाम्रा थुप्रै भिन्नताहरू छन्‌।’ उनले भनेका छन्।

 

अध्यक्ष नेपालले देखाएका फरक:
१. हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत् सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौं भने एमाले यो मान्दैन।

२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौं भने एमाले यो मान्दैन।

३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौं भने एमाले यो मान्दैन।

४. हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौं भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ।

५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौं भने एमाले यो मान्दैन।

६. हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौं भने एमाले यो मान्दैन।

७. हामी प्रतिगामी पुनरूत्थानवादी तत्वहरूका विरूद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT