Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापीरूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो ।

सोहीबमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिसँग समन्वय र परामर्श गरी निर्धारित कार्ययोजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रम तोकिएबमोजिमको समयसीमाभित्रै सम्पन्न गरिएका छन् ।

प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिनुहुने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

अभियानले पार्टीको साङ्गठानिक अवस्थाबारे विधानसम्मत भए नभएको साक्षात परीक्षण गरिएको र पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउने महत्त्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको बुझाइरहेको अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

अभियानबाट कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलुकका तीनै तहका निर्वाचनमा पार्टीले पहिलो स्थान कायम गर्न सफल भई सङ्घीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण सबैलाई बुझाउने काम भएको पार्टी कार्यालयले जनाएको छ ।

जनताको दैनिक जनजीवनका समस्यालाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनुपर्ने विषयलाई प्रतिनिधिले आत्मसात् गर्दै भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र ‘कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन’ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष बुझाउन अभियान सफल भएको छ ।

अभियानअन्तर्गत निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्रअनुसार जनप्रतिनिधिले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा सङ्कल्प–पत्रको आधारमा कार्य गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिए ।

समग्रमा अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए तापनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रम थप व्यवस्थित गर्दै लगिने पार्टी कार्यालयले जनाएको छ ।

अविरल वर्षा, बाढी पहिरो, डेङ्गु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीररुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी सङ्गठनलाई आह्वान गर्ने र यही भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT