Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन प्रकरणमा पक्राउ परेका दावाको कनेक्सन केही पूर्वप्रहरीसँग छः रवि लामिछाने

सुन प्रकरणमा पक्राउ परेका दावाको कनेक्सन केही पूर्वप्रहरीसँग छः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरीका उच्चअधिकारीसँग रहेको दावी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले केही पूर्वमहानिरीक्षकसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन्। तर, उनले दावासँग सम्पर्कमा रहेका ती पूर्वप्रहरी महानिरीक्षकहरूको नाम भने खुलाएनन्।

लामिछानेले भने, ‘सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले मलाई दिएका छन्। यसमा संलग्न केही बिचौलीयाहरूबारे जानकारी पनि उपलब्ध गराएका छन्। यसको जानकारी सम्बन्धित निकायलाई गराउनेछु।’

लामिछानेले लामासँग केही पूर्वप्रहरीहरूको पनि कुराकानी भएको सूचना प्राप्त भएको जिकिर गरे।

उनले दावा भनिएका व्यक्तिसँग प्रहरीका उच्चअधिकारीको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको त्यस्तै हेर्न पाउनुपर्ने माग गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकीको संसद बैठक २३ गते बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत…

पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिनका लागि २३ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित

पत्रकार महासङ्घकाे केन्द्रीय महाधिवेशन शुरु

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ ।

Techie IT