गृहपृष्ठ ∕
राजनीति ∕
काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छः प्रकाशमान सिंह काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छः प्रकाशमान सिंह

फाइल फाेटाे
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन्। बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिनेसमेत बताए। केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै उनले २०४६ साल पछिको विकास र प्रगति कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे।
उनले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताए। तर इतिहासको कुरासँगै कांग्रेसले जन चाहाना अनुरुप वर्तमान समय अनुसारको आफ्ना कार्यक्रम जनतामा लिएर जाने पनि नेता सिंहले बताए।
अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा