Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ’

‘सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज (शनिबार) उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने बताए ।

“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उनले भने, “हाम्रो दुस्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”

कानुनले वर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरक-फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताए । सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताए।

नगर सभाबाट रास्वपाको टोखा नगर समिति गठन गरिएको छ । समितिको सभापतिमा सूर्यप्रसाद काफ्ले, उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला र कोषाध्यक्षमा नन्दलाल अधिकारी तथा सदस्यमा सुधा खड्का, रघुनाथ केसी, रिना नेपाली, गङ्गा गुरुङ, राज अधिकारी, ख्यामबहादुर भारती र कपिलनाथ पङ्गेनी चयन भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ । दुई विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.

जनताको शिर नझुक्ने काम गर्छुः सुहाङ

काठमाडौँ । इलाम– २ को उप–निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र

मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै

शेयर बजार २ हजार विन्दुमाथि

काठमाडौँ । आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच आईडीए बैठकबारे छलफल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ

Techie IT