Techie IT
२०८२ भदौ २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको छः प्रधानमन्त्री

प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको बताएका छन्।

सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री दाहालले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको बताए। उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ।’

सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। सबै दल मिलेर वार्ता गरी नामाकरण विवाद टुंग्याउनुपर्ने उनको भनाइ थियो।

दाहालले धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको बताए। सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT