Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छुः नेता खनाल

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छुः नेता खनाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्र्यौँ”, नेता खनालले भने, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्र्यौँ ।”

आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएको बताए । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उनले भने ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उहाँले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएको बताए । नेम्वाङ भौतिकरूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गरेको योगदान सबैका सामु स्पष्ट रहेको उनको भनाइ छ ।

पूर्वसभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

Techie IT